१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवदीपमा कविता वाचन तथा नेपाली श्रुतिलेखन

१२ भाद्र २०७२, शनिबार ०१:४२

भदौ, पोखरा ।  पोखरा १० शिवचोकमा रहेको नवदीप
इङ्ग्लिस बोर्डिङ स्कुलमा शुक्रवार कविता वाचन तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्राविस्तरीय नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा ४ की कृषला गुरुङ प्रथम, कक्षा ५ का जीवन भुषाल
द्वितीय तथा कक्षा ३ का आयोग बरालले तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगिताको निर्णायकमा नेपाली
शिक्षिका मञ्जु थापा मगर रहेकी थिइन् ।

निम्न माध्यमिक तहस्तरीय
नेपाली कविता वाचन प्रतियोगितामा कक्षा ७ का सुजन भट्राई प्रथम, कक्षा ८ का सुवर्ण भट्टराई द्वितीय र
कक्षा ८ कै सुशील बस्नेतले तृतीय स्थान हासिल गर्न सफल भए । माध्यमिक तहको नेपाली कविता वाचन
प्रतियोगितामा कक्षा १० का सुशान्त भट्टराई प्रथम, कक्षा ९ का किरण बुढामगर द्वितीय र कक्षा १० का सञ्जय
गुरुङ तृतीय हुन सफल भए । प्रतियोगिताको निर्णायकमा शिक्षक अमृत घिमिरे, लक्ष्मण शर्मा तथा शिक्षिका
मञ्जु थापा मगर रहेकी थिइन् । शिक्षक सरोज खनाल तथा अमृत घिमिरेले संयुक्त रुपमा सञ्चालन गरेको
प्रतियोगिता छुनुमुनु बाल क्लवका अध्यक्ष अनिश परियारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अतिरिक्त
क्रियाकलाप प्रमुख अमृत घिमिरेले कविता वाचनमा पालना गर्नुपर्ने नियमहरु जानकारी दिँदै कविता वाचन सहित
सुरु गरेको कार्यक्रममा विद्यार्थी किरण बुढा मगरले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै
विद्यालयकी प्रधानाध्यापक कौशल्या गुरुङले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले हरेक
शुक्रवार सहक्रियाकलप अन्तर्गतका कार्यक्रम जारी राख्ने बताइन् । विद्यार्थीको प्रतिभा उजागर गर्न
विद्यालयले कुनै कसर बाँकी नराख्ने भन्दै उनले यस्ता कार्यक्रममा सक्रिया रुपमा सहभागिता जनाउन
विद्यार्थीलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार