३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवदीपमा कविता वाचन तथा नेपाली श्रुतिलेखन

१२ भाद्र २०७२, शनिबार ०१:४२

भदौ, पोखरा ।  पोखरा १० शिवचोकमा रहेको नवदीप
इङ्ग्लिस बोर्डिङ स्कुलमा शुक्रवार कविता वाचन तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्राविस्तरीय नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा ४ की कृषला गुरुङ प्रथम, कक्षा ५ का जीवन भुषाल
द्वितीय तथा कक्षा ३ का आयोग बरालले तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगिताको निर्णायकमा नेपाली
शिक्षिका मञ्जु थापा मगर रहेकी थिइन् ।

निम्न माध्यमिक तहस्तरीय
नेपाली कविता वाचन प्रतियोगितामा कक्षा ७ का सुजन भट्राई प्रथम, कक्षा ८ का सुवर्ण भट्टराई द्वितीय र
कक्षा ८ कै सुशील बस्नेतले तृतीय स्थान हासिल गर्न सफल भए । माध्यमिक तहको नेपाली कविता वाचन
प्रतियोगितामा कक्षा १० का सुशान्त भट्टराई प्रथम, कक्षा ९ का किरण बुढामगर द्वितीय र कक्षा १० का सञ्जय
गुरुङ तृतीय हुन सफल भए । प्रतियोगिताको निर्णायकमा शिक्षक अमृत घिमिरे, लक्ष्मण शर्मा तथा शिक्षिका
मञ्जु थापा मगर रहेकी थिइन् । शिक्षक सरोज खनाल तथा अमृत घिमिरेले संयुक्त रुपमा सञ्चालन गरेको
प्रतियोगिता छुनुमुनु बाल क्लवका अध्यक्ष अनिश परियारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अतिरिक्त
क्रियाकलाप प्रमुख अमृत घिमिरेले कविता वाचनमा पालना गर्नुपर्ने नियमहरु जानकारी दिँदै कविता वाचन सहित
सुरु गरेको कार्यक्रममा विद्यार्थी किरण बुढा मगरले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै
विद्यालयकी प्रधानाध्यापक कौशल्या गुरुङले विद्यार्थीहरुको चौतर्फी विकासका लागि विद्यालयले हरेक
शुक्रवार सहक्रियाकलप अन्तर्गतका कार्यक्रम जारी राख्ने बताइन् । विद्यार्थीको प्रतिभा उजागर गर्न
विद्यालयले कुनै कसर बाँकी नराख्ने भन्दै उनले यस्ता कार्यक्रममा सक्रिया रुपमा सहभागिता जनाउन
विद्यार्थीलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली