२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उद्यमशीलताका लागि उत्प्रेरणामुलक तालिम

१२ भाद्र २०७२, शनिबार ०१:४५

भदौ, पोखरा । हरितालिका तिजको सन्दर्भ पारेर
महिलाहरुलाई उद्यमी बनाउने उद्देश्य सहित सञ्चालन गरिएको जननी जागरण अभियान २०७२ अन्तर्गतको
उद्यमशीलताका लागि उत्प्रेरणामुलक तालिम शुक्रबार पोखरा उपमहानगरपालिको वडा नं. १८ मा सम्पन्न भएको छ

कार्यक्रमको उदघाटन समारोहमा बोल्दै सर्वपक्षिय समितिका
संयोजक एंब नेपाली कांग्रेस वडा ईकाई समिति वडा नं.१८ का सभापति बोधराज कार्कीले जागरणमुलक अभियानहरु
प्रभावकारी हुने भएकोले यस्ता अभियानहरु टोलटोलमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

टोलविकास संस्था समन्वय समिति वडा नं. १८ का अध्यक्ष तोरणबहादुर खडकाले पछिल्लो समयमा
महिलाहरु जागरुक भएर अभियानहरुमा लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

अर्का वक्ता एकिकृत माओबादीका वडा ईकाई समितिका अध्यक्ष खडकबहादुर वि.क ले महिलाहरुलाई
नेतृत्व र बोल्ने कला मात्र नभई आयआर्जनका काम सिकाउने अभियान प्रसंसनीय भएको बताउनुभयो ।

टोलविकास संस्था समन्व्य समितिका अध्यक्ष तोरणबहादुर खडकाको सभाध्यक्षतामा
संचालन भएको तालिममा वडा नागरिक मञ्चका ललित वाँनिया, महिला समन्व्य समितिका वडा नं. १८ की अध्यक्ष
ईन्द्रमाया बाँनिया लगायतले बोल्नुभएको थियो ।

यसै गरी
कार्यक्रममा आयोजक संस्था रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले हामीमा भएको सीप र शिक्षा
कहिल्यै नमर्ने भन्दै सीप सिक्न महिलाहरुलाई प्रोत्साहित गर्दै जननी जागरण अभियान २०७२ को उद्देश्य माथि
प्रकाश पार्नु भएको थियो ।

पद्मावती हस्तकला उद्योगकी संचालक
एवम् रेडियो जननीकी अध्यक्ष हिरा भटटराईले महिलाहरु द्धारा बनाईएका सामाग्री पदमावती हस्तकला उद्योगले
बजारीकरणका लागि व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति
सदस्य समेत रहनु भएकी भट्टराईले रेडियोको पहिलो आवाज नै उधमशीलता भएको कारण यो वर्षभरि महिला उधमशीलताका
लागि जननी जागरण अभियान संचालन गरिएको जानकारी गराउनुभयो ।

तालिममा वडाका ७० जनाको सहभागिता रहेको थियो । यसैबीच महिला समन्वय समिति वडा नं १८ की
अध्यक्ष इन्द माया बानियाको संयोजकत्वमा जननी जागरण उद्यमी श्रोता क्लब पनि गठन गरिएको छ ।
हरितालिका
तिजको अवसरमा महिला दिदीबहिनीहरुलाई उद्यमी बनाउने उद्देश्यले पोखराका २८ वटै वडामा सञ्चालन गरिने
अभियान अन्तर्गत यसअघि वडा नं.१, १६,९, ३, १७ र ५ मा तालिम सम्पन्न भैसकेको छ । बाँकी वडाहरुमा
हरितालिका तिज पछि निरन्तरता दिने जननी जागरण अभियानका संयोजक नरमाया रसाइलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ