2026-09-18 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा स्थानीयवासीले चन्दा सङ्कलन गरेर गाउँमा सडक

कात्तिक २५, म्याग्दी । म्याग्दीको कुहूँ–१ खानीगाउँका स्थानीयवासीले चन्दा सङ्कलन गरेर गाउँमा सडक पु¥याएका छन् । 

कृषि र पशुपालनमा प्रशस्त सम्भावना भएको खानीगाउँमा सडक नपुगेका कारण आफ्नो उत्पादनले बजार नपाउनुका साथै असुविधा भएपछि स्थानीयवासीले चन्दा सङ्कलन गरेर करिब रु आठ लाखको लगानीमा तीन किलोमटिर सडक विस्तार गरेका छन् । कात्तिक दोस्रो हप्तादेखि गाउँसम्म यातायातका साधन पुग्न थालेपछि स्थानीय हर्षित भएका छन् । 

सडकको असुविधाका कारण सास्ती खेप्नु परेका खानीगाउँका कृषकले यस वर्ष सडक विस्तारसँगै गाउँका कृषिजन्य वस्तु गाउँबाटै बजारमा लैजान पाउने भएपछि उत्साहित भएका छन् । “गाउँमा सडक पुगेपछि व्यावसायिक कृषिखेतीमा लागेका सबै उत्साहित छन् । केही वर्षभित्र कृषिमा पकेट क्षेत्र बनाउने अभियानमा छौँ”, स्थानीय युवा याम बुढाथोकीले भन्नुभयो । 

खानीगाउँमा पशुपालन, सुन्तला, बेसार, केरालगायत कृषिजन्य उत्पादन हुने गरेकोे स्थानीयवासी बुद्धि सापकोटाले बताउनुभयो । “सुन्तला र केराखेतीका लागि धेरे राम्रो छ । गाउँका सबैजसो घर आकर्षित छन्”, सापकोटाले भन्नुभयो । २५ घरधुरी रहेको खानीगाउँमा प्रत्येक घरधुरीमा २५ देखि ५० वटासम्म सुन्तलाका बोट रहेका छन् । गाउँमा किवी, लिची, अनारका बिरुवासमेत विस्तार गरिएको छ । गाउँमा आवश्यक पर्ने सिँचाइको सुविधासमेत रहेको छ । 

शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत आधारभूत आवश्यकतामा राज्यको लगानी अन्य गाउँको तुलनामा न्यून भएको भन्दै राजनीतिक दल, जिविस, सांसदलगायत सरोकारवाला निकायलाई गाउँको विकासमा ध्यान दिन स्थानीयवासीले मागसमेत गरेका छन् । 

कृषिमा आकर्षित भएका खानीगाउँवासीले यस वर्ष देउसीभैलो खेलेर सङ्कलन गरेको रु एक लाख १९ हजारसमेत सडक मर्मत तथा स्तरोन्नतिमा खर्च गर्ने घोषणा गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई