१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामाचौरमा आयोजना हुने तिजे मेलाको तयारी तिव्र

१२ भाद्र २०७२, शनिबार ०७:३८

शिशिर पौडेल/भदौ १२, पोखरा । पोखराको लामाचौरमा आयोजना हुने तिजको तयारी
तिव्र पारिएको छ ।

यही भदौं २८, २९ र ३० गते हुने महोत्सवका लागी गठन गरिएका २० वटा उपसमितिले
आफ्नो क्षेत्रमा सक्रियता जनाएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष धर्ममान सिंह भण्डारीले जानकारी
दिनुभयो ।

तिन दिन सम्म चल्ने महोत्सवलाई राष्ट्रिय स्तरको बनाउन र यसको सांस्कृतिक महत्व लाई थप
उजागर गर्न सवै प्रयत्न गरिने प्रचार संयोजक अजुर्न अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवका लागी
आर्थिक संकलन उपसमितिले पनि विभिन्न व्यापारिक घराना संग छलफल गरिरहेको छ । लामाचौरको बानिँया स्टोर्स
मूख्य प्रायोजक रहेपनि अन्य सहयोगको लागी छलफल भैरहेको संयोजक बमबहादुर गुरुङ्गले जानकारी दिनुभयो

हाल सम्म १५ लाख रुपैया सहयोग संकलन भएको उहाँले बताउनुभयो । त्यस्तै महोत्सवको मुख्य आर्कषण
रहेको तिज गित प्रतियोगित संगै सांस्कृतिक कार्यक्रमका लागी पनि राष्ट्रिय कलाकार संग समन्वय भैरहेको छ

अहिले सम्म राष्ट्रिय कलाकार शर्मिला गुरुङ्ग, रमिला न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल,
प्रजापति पराजुली, जानकी तारनी मगर लगायतका कलाकार निश्चित भएको सांस्कृतिक उपसमिति संयोजक अमर
बानिँयाले जानकारी दिनुभयो ।

इन्द्रराज्यलक्ष्मी उच्च माविको प्राङ्गढमा हुने महोत्समा तिज गित
सहित श्रष्ठा सम्मान, लोक नृत्य प्रतियोगिता सासाजिक उद्यमी राष्ट्रिय पुरस्कार प्रदान, घैटो फुटाउने,
रस्सा कस्स, पत्रकार दौड, महिला म्युजिकल चियर कार्यक्रम हुने सचिल लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागी पाँच टिमको अन्तिम तयारी भएको खेलकुद
संयोजक शुशिल कुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै अन्तर विद्यालय छात्रा भलिवलको तयारी पनि भैरहेको
बताइएको छ ।

महोत्सवले लामाचौर सहित समग्र पोखराको विकाशमा भुमिका खेल्ने आयोजकले अपेक्षा गरेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार