2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लामाचौरमा आयोजना हुने तिजे मेलाको तयारी तिव्र

शिशिर पौडेल/भदौ १२, पोखरा । पोखराको लामाचौरमा आयोजना हुने तिजको तयारी
तिव्र पारिएको छ ।

यही भदौं २८, २९ र ३० गते हुने महोत्सवका लागी गठन गरिएका २० वटा उपसमितिले
आफ्नो क्षेत्रमा सक्रियता जनाएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष धर्ममान सिंह भण्डारीले जानकारी
दिनुभयो ।

तिन दिन सम्म चल्ने महोत्सवलाई राष्ट्रिय स्तरको बनाउन र यसको सांस्कृतिक महत्व लाई थप
उजागर गर्न सवै प्रयत्न गरिने प्रचार संयोजक अजुर्न अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवका लागी
आर्थिक संकलन उपसमितिले पनि विभिन्न व्यापारिक घराना संग छलफल गरिरहेको छ । लामाचौरको बानिँया स्टोर्स
मूख्य प्रायोजक रहेपनि अन्य सहयोगको लागी छलफल भैरहेको संयोजक बमबहादुर गुरुङ्गले जानकारी दिनुभयो

हाल सम्म १५ लाख रुपैया सहयोग संकलन भएको उहाँले बताउनुभयो । त्यस्तै महोत्सवको मुख्य आर्कषण
रहेको तिज गित प्रतियोगित संगै सांस्कृतिक कार्यक्रमका लागी पनि राष्ट्रिय कलाकार संग समन्वय भैरहेको छ

अहिले सम्म राष्ट्रिय कलाकार शर्मिला गुरुङ्ग, रमिला न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल,
प्रजापति पराजुली, जानकी तारनी मगर लगायतका कलाकार निश्चित भएको सांस्कृतिक उपसमिति संयोजक अमर
बानिँयाले जानकारी दिनुभयो ।

इन्द्रराज्यलक्ष्मी उच्च माविको प्राङ्गढमा हुने महोत्समा तिज गित
सहित श्रष्ठा सम्मान, लोक नृत्य प्रतियोगिता सासाजिक उद्यमी राष्ट्रिय पुरस्कार प्रदान, घैटो फुटाउने,
रस्सा कस्स, पत्रकार दौड, महिला म्युजिकल चियर कार्यक्रम हुने सचिल लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागी पाँच टिमको अन्तिम तयारी भएको खेलकुद
संयोजक शुशिल कुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै अन्तर विद्यालय छात्रा भलिवलको तयारी पनि भैरहेको
बताइएको छ ।

महोत्सवले लामाचौर सहित समग्र पोखराको विकाशमा भुमिका खेल्ने आयोजकले अपेक्षा गरेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई