2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमाले कास्कीले दिएको अभिव्यक्तिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण

भदौ १२, पोखरा । नेपाली काङ्ग्रेस कास्कीले नेकपा एमाले कास्कीले
पार्टीको वारेमा दिएको अभिव्यक्तिप्रति ध्यानकर्षण भएको जनाएको छ ।
नेपाली काङ्ग्रेस कास्कीका सभापति
यज्ञबहादुर थापाद्धार शनिबार जारी गरेको विज्ञप्तिमा नेकपा एमाले कास्कीद्धारा प्रेशीत वक्तव्य र आयोजित
पत्रकार भेटघाटमा नेपाली काङ्ग्रेसका निष्ठावान संघर्षशील लोकप्रिय युवा नेता स्व.रामजी पौडेल बादलको
हत्या प्रशंगमा व्यक्त आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

हत्या जस्तो अपराधिक कार्यको विरोध र भत्सना गरिनु स्वाभाविकै हो तर त्यसैको
वाहानामा अर्को पार्टीको अनायकमा निन्दा गर्नु अनर्गल मिथ्या आरोप लगाउनु युक्ति संगत नहुने विज्ञप्तीमा
उल्लेख गरिएको छ।

कास्की काङ्ग्रेसले नेकपा एमाले कास्कीको
बारेमा केहि नबोलेकोमा अनुसन्धान कार्यमा जुटेको नेपाल प्रहरीको अनुसन्धानको रिपोटको कुनै प्रसंगलाई
जोडेर पत्रकार सम्मेलन गरी कास्की काङ्ग्रेस र काङ्ग्रेसको नेतृत्वको विरुद्ध अनर्गल मिथ्या प्रचार
गर्नु अस्वाभाविक मात्रै नभई विवेक र मर्यादाको ठाडो उल्ल·घन हो–विज्ञप्तिमा भनिएको छ।

लोकतन्त्रमा कुनै पनि अपराधिक कार्यको सत्य तथ्यमा आधारित भएर निश्पक्ष छानविन
र अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिलाई कानुनको कठघरामा उभाएर दण्डीत गर्ने दायित्व सम्वन्धित
निकायको भएकोले कुनै पनि पार्टीले त्यस कार्यमा दख्खल दिन नहुे विज्ञप्ति मार्फत उल्लेख गरिएको
छ।

“हाम्रो पार्टी हत्या जस्तो अपराधमा संलग्न व्यक्तिलाई
संरक्षण दिन त के कल्पना समेत गर्न सक्दैन विज्ञप्तीमा भनिएको छ– हाम्रो पार्टीको सञ्चालन व्यवस्थापन
कसरी गर्नुपर्दछ त्यो हामी लाई एमालेले सिकाईरहनु पर्दैन। हामी आफैले जान्ने कुरा हो। त्यसका लागि हामी
आफै सक्षम छौ।”

संविधान निर्माण र सरकार सञ्चालनको मुख्य
साझेदार नेकपा एमाल जस्तो जिम्मेबार पार्टीले आउदा दिनमा हाम्रो पार्टी विरुद्व अनर्गल प्रचार र
वक्तव्यवाजी दोहर्याउने छैन भन्ने विज्ञप्ति मार्फत अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई