2026-09-19 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैनपुर सिचाई कुलो ४ महिना पछि संचालनमा

मकरराज धामी, कात्तिक २५, बझाङ ।  गएको असार २९ गतेको बाहुली गाडको बाढिले बगाएको चैनपुर सिचाई कुलो ४ महिना पछि संचालनमा आएको छ । गहु छर्ने बेलामा सिचाईको लागी पानी आए पछि कृषकहरु खुसी भएका छन । कुलोमा फालिएका  खाली सिसाका बोतल, पलाष्टीक, कुहिएका तरकारी, फाटो कपडाहरु लगायतको फोहोर कुलोमा पानी संगै बग्न थाले पछि सदरमुकाम दुर्गन्धीत भएको छ ।

लामो समय सम्म पानी संचालनमा नआउदा बजार क्षेत्रका मानिसहरुले घर तथा पसल बाट निस्कने फोहोर कुलोमा फालेका थिय । हिजो देखि कुलोमा पानी संचालन भए पछि जिल्ला प्रसासन रोड चैनपुर चौराहा, खुलामञ्चरोड, पानकोट रोड लगायतका सडकमा पानी संगै फोहोर बग्न थाले पछि हिडडुलमा समस्या भएको छ । कुलोमा खानेपानीका पाईप विछायका कारण फोहोर कुलोमा अडकिदा पानी कुलो भन्दा बाहिर आएर जताततै बगेको हो ।

अधिकांसका घर आँगन र पसल भित्र समेत पानी पसेको छ । खानेपानीका पाईप लाई कुलो बाट तत्कालै हटाउन र कुलोमा जथाभावि फोहोर नफाल्न चैनपुर सिचाई कुलो उपभोक्ता समितिले आग्रह गरेको छ । हरेक महिना नगरपालिकाले रु १०० रुपयाँ उठाउछ तर यसमा नगरपालिकाले कुनै चासो नदेखाएको सदरमुकाम बासिहरुको गुनासो रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई