२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लागु औषध एवं यौन दुव्र्यबहार सम्बन्धी प्रशिक्षण कार्यक्रम

१७ भाद्र २०७२, बिहीबार ०२:३९

भदौ १७, पोखरा /
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा पोखरा उद्योग बाणिज्य संघ
बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा अन्तरदृष्टी नेपाल कास्कीको सहयोगमा लागु औषध दुव्र्यसन तथा
यौन दुव्र्यबहार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बालश्रम न्युनिकरण कार्यक्रम संयोजक एवं कन्या क्याम्पस प्रमुख सुरेश मानन्धरले
समाजमा बालश्रमको साथसाथै तिनै बालबालिकाको प्रयोग गर्दै लागु औषध ओसारपसार, बेचबिखन तथा दुर्ब्यसन
जस्तो गम्भीर प्रकृतिका अपराधमा संलग्न गराई अपराध गरिराखेको पाईएको हुंदा त्यस तर्फ बेलैमा सजग र सचेत
गराउन यस प्रकारको कार्यक्रमहरु सञ्चालन गरिदैं आएको र बेलैमा अभिभावक, युवाहरु र बिद्यार्थी भाई
बहिनीहरु सचेत र सजग रहन अनुरोध गरेका थिए ।

अध्यक्ष बिष्णु
बहादुर भट्टराईले सामुदायिक सेवा केन्द्रहरुले समाज भित्र हुने र हुन सक्ने बिभिन्न बिकृति बिसंगतिका
साथै बिभिन्न अपराधजन्य क्रियाकलापहरुको न्युनिकरण र नियन्त्रण गर्न बिभिन्न कार्यक्रमहरु मार्फत सचेतना
मुलक कार्यक्रमहरु गरिंदै आईहरेको बताउंदै पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्युनिकरण कार्यक्रमसंगको
यो सहकार्यबाट आयोजित यस प्रशिक्षण एवं छलफल कार्यक्रम मार्फत शान्तीबन एरियाका आमा समुह, टोल बिकास
संस्थाहरु लाभान्वित हुने बताउनु भयो ।

कार्यक्रममा पोखा ९
शान्तीबन स्थित आमा समुह, शान्तीवन युवा क्लबका सदस्यहरु र स्थानिबासीहरुलाई जिल्ला समन्वय समिति
कास्कीका प्रहरी ईन्चार्ज प्रहरी नायब निरीक्षक मेघराज गुरुङले लागु औषध दुर्ब्यसन तथा अन्तरदृष्टी
नेपालका कार्यक्रम संयोजक गौमाया भुजेल (समिक्षा) र रामचन्द्र लामिछानेले यौन दुर्ब्यबहार न्युनिकरण
सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

सामुदायिक प्रहरी सेवा
जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईको सभापतित्वमा भएको उक्त कार्यक्रममा
बालश्रम न्युनिकरण कार्यक्रमका संयोजक एवं कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर, शान्तीदर्शन टोल बिकास
संस्थाका अध्यक्ष उत्तम जोशी, शान्तीवन वाटिका टोल बिकास संस्थाका अध्यक्ष बलराम पाहरीज्यू, सचिव प्रकाश
शर्मा, शान्तीदर्शन आमा समुहका अध्यक्ष दिलमाया गुरुङ, शान्तीघाट आमा समुहका अध्यक्ष निरु रानाभाट,
कोषाध्यक्ष प्रतिमा गुरुङ, शान्तीवन आमा समुहका अध्यक्ष कृष्ण कुमारी चौधरी, शान्तीवन युवा क्लबका
अध्यक्ष प्रकाश बि.क.ले आफ्नो मन्तब्य राखेकाको कार्यक्रममा कोषाध्यक्ष सीता अधिकारीले धन्यबाद ज्ञापन
सहित कार्यक्रम समापन गरेका थिए । कार्यक्रम सञ्चालन जिवीकोपार्जन परिचालक प्रिती पाण्डेले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली