2026-07-09 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लागु औषध एवं यौन दुव्र्यबहार सम्बन्धी प्रशिक्षण कार्यक्रम

भदौ १७, पोखरा /
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा पोखरा उद्योग बाणिज्य संघ
बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा अन्तरदृष्टी नेपाल कास्कीको सहयोगमा लागु औषध दुव्र्यसन तथा
यौन दुव्र्यबहार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बालश्रम न्युनिकरण कार्यक्रम संयोजक एवं कन्या क्याम्पस प्रमुख सुरेश मानन्धरले
समाजमा बालश्रमको साथसाथै तिनै बालबालिकाको प्रयोग गर्दै लागु औषध ओसारपसार, बेचबिखन तथा दुर्ब्यसन
जस्तो गम्भीर प्रकृतिका अपराधमा संलग्न गराई अपराध गरिराखेको पाईएको हुंदा त्यस तर्फ बेलैमा सजग र सचेत
गराउन यस प्रकारको कार्यक्रमहरु सञ्चालन गरिदैं आएको र बेलैमा अभिभावक, युवाहरु र बिद्यार्थी भाई
बहिनीहरु सचेत र सजग रहन अनुरोध गरेका थिए ।

अध्यक्ष बिष्णु
बहादुर भट्टराईले सामुदायिक सेवा केन्द्रहरुले समाज भित्र हुने र हुन सक्ने बिभिन्न बिकृति बिसंगतिका
साथै बिभिन्न अपराधजन्य क्रियाकलापहरुको न्युनिकरण र नियन्त्रण गर्न बिभिन्न कार्यक्रमहरु मार्फत सचेतना
मुलक कार्यक्रमहरु गरिंदै आईहरेको बताउंदै पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्युनिकरण कार्यक्रमसंगको
यो सहकार्यबाट आयोजित यस प्रशिक्षण एवं छलफल कार्यक्रम मार्फत शान्तीबन एरियाका आमा समुह, टोल बिकास
संस्थाहरु लाभान्वित हुने बताउनु भयो ।

कार्यक्रममा पोखा ९
शान्तीबन स्थित आमा समुह, शान्तीवन युवा क्लबका सदस्यहरु र स्थानिबासीहरुलाई जिल्ला समन्वय समिति
कास्कीका प्रहरी ईन्चार्ज प्रहरी नायब निरीक्षक मेघराज गुरुङले लागु औषध दुर्ब्यसन तथा अन्तरदृष्टी
नेपालका कार्यक्रम संयोजक गौमाया भुजेल (समिक्षा) र रामचन्द्र लामिछानेले यौन दुर्ब्यबहार न्युनिकरण
सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

सामुदायिक प्रहरी सेवा
जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईको सभापतित्वमा भएको उक्त कार्यक्रममा
बालश्रम न्युनिकरण कार्यक्रमका संयोजक एवं कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर, शान्तीदर्शन टोल बिकास
संस्थाका अध्यक्ष उत्तम जोशी, शान्तीवन वाटिका टोल बिकास संस्थाका अध्यक्ष बलराम पाहरीज्यू, सचिव प्रकाश
शर्मा, शान्तीदर्शन आमा समुहका अध्यक्ष दिलमाया गुरुङ, शान्तीघाट आमा समुहका अध्यक्ष निरु रानाभाट,
कोषाध्यक्ष प्रतिमा गुरुङ, शान्तीवन आमा समुहका अध्यक्ष कृष्ण कुमारी चौधरी, शान्तीवन युवा क्लबका
अध्यक्ष प्रकाश बि.क.ले आफ्नो मन्तब्य राखेकाको कार्यक्रममा कोषाध्यक्ष सीता अधिकारीले धन्यबाद ज्ञापन
सहित कार्यक्रम समापन गरेका थिए । कार्यक्रम सञ्चालन जिवीकोपार्जन परिचालक प्रिती पाण्डेले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो