हेम चन्द्र राई/कात्तिक २६, दुबई । वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई इमिरेट्समा रहेको इतिसलात फ्यासिलिटिज म्यानेजमेन्ट एलएलसी कम्पनीमा डिपिएस सेकुरिटी ("/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हेम चन्द्र राई/कात्तिक २६, दुबई । वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई इमिरेट्समा रहेको इतिसलात फ्यासिलिटिज म्यानेजमेन्ट एलएलसी कम्पनीमा डिपिएस सेकुरिटी ("/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अढाई लाख तिरेर बिदेशिएका प्रदिप सात लाख ऋण बोकेर स्वदेश फर्के

२६ कार्तिक २०७३, शुक्रबार ०८:३५


हेम चन्द्र राई/कात्तिक २६, दुबई । वैदेशिक रोजगारीको लागि युएई स्थित दुबई इमिरेट्समा रहेको इतिसलात फ्यासिलिटिज म्यानेजमेन्ट एलएलसी कम्पनीमा डिपिएस सेकुरिटी (डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम) मा आएका प्रदिप कुमार बन्जरा रोग र ऋण बोकेर उपचारको लागि स्वदेश फर्केका छन् । बिगत एक बर्ष पहिले भिक्टोरी नेपाल मेनपावरबाट दुईलाख पचास हजार तिरेर डिपिएस सेकुरिटीमा आएका उनी एक्कासि कोठामा ढले पछि साथीहरूले तत्काल एम्बुलेन्स बोलाएर सरकारी दुबई अस्पतालमा आईसियुमा भर्ना गरिएका थिए । 

तीन दिनसम्म होस नखुलेको प्रदिप कुमार २१ दिनसम्म सोही अस्पतालमा उपचार र अस्पतालको पैसा तिर्न बस्नुपर्यो । सुरुमा कम्पनीले गरिदिएको स्वस्थ बिमा अनुसार नै उपचार हुने भनेर उपचार गरेको उनी अन्तमा स्वस्थ्य इन्स्योरेन्स कम्पनी, अस्पताल, आफ्नो कम्पनीले कुनै खर्च नबेहोरे पछि साथीहरू शीत सहयोग सङ्कलन, नेपालबाट ऋण गरेर अस्पतालको जम्मा चौबीस हजार आठ सय बैसठ्ठी (२४,८६२) दिराम नेपाली सात लाख एक्काईस हजार (७,२१,०००) रुपैयाँ  तिरेर अन्ततः स्वदेश फर्केका हुन । दुईवटा छोराछोरी र जीवन सङ्गिनीकि उज्ज्वल भबिष्य बोकेर दुबईमा डिपिएस सेकुरिटी आएको अन्तमा आफैले उल्टै रोग र ऋण बोकेर स्वदेश फर्किनु परेको उनले गुनासो गरे । 

गोर्खा जिल्ला निवासी उनलाई साथीहरूले सक्ने आर्थिक तथा अस्पतालमा साथीको लागि सहयोग गरेका थिए । नेपाली दूतावास अबुधाबीमा रहेको र त्यहाँ कुनै सहयोग नपाईने साथीहरूले बताएकोले कुनै खवर नगरी उनी आफ्नो र साथीहरूको सहयोग लिएर फर्केका हुन । 

अस्पतालमा महङ्गो उपचार गरे पनि रोग पत्ता नलागेको र पुर्ण उपचारको लागी कम्पनीले दुई महिनाको समय दिएकोले अन्ततः स्वदेश फर्केक्का हुन् । कम्पनीले हाल सम्पूर्ण कामदारलाई औसधि, ल्याब, उपचार, डाक्टर चार्जमा २० प्रतिशत कम्पनीले तोकेको अस्पतालमा मात्रै इन्स्योरेन्स मार्फत छुट दिन्छ । बाँकी रकम स्वयं बिमारीले भुक्तानी गर्नुपर्ने नियम हाल इतिसलात कम्पनीमा रहेको छ । स्वदेशमा राम्रो र सुलभ उपचार हुने हुँदा प्राय नेपाली बिरामी कामदारहरु नेपाल बिदा लिएर नै उपचार गरेर पुन: काममा फर्कने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो