दलसिंह गिरी/कात्तिक २६, कालिकोट । अक्टोवर क्रान्तिको सतबार्षिकी कार्यक्रमलाई सफल पारौं, नयाँ पिढीका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं भन्ने मुल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/कात्तिक २६, कालिकोट । अक्टोवर क्रान्तिको सतबार्षिकी कार्यक्रमलाई सफल पारौं, नयाँ पिढीका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं भन्ने मुल "/>

२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राष्ट्रिय जनमोर्चाद्धारा जनतासंग जम्काभेट अभियान सुरु

२०७३, २६ कार्तिक शुक्रबार १०:४०


दलसिंह गिरी/कात्तिक २६, कालिकोट । अक्टोवर क्रान्तिको सतबार्षिकी कार्यक्रमलाई सफल पारौं, नयाँ पिढीका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा कालिकोटले जनता संग जम्काभेट अभियान थालेको जानकारी दिएको छ । 

जिल्लामा रहेका विकास निर्माण, राजनैतिक अवस्था, शैक्षिक गतिविधि र आर्थिक अनियमितता लगायतका सवालहरुलाई गाउँबस्तिका जनतालाई कोण सभा, अन्तरक्रिया, सास्कृतिक कार्यक्रम मार्फत जागृत गराउन जन्काभेट अभियान थालेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

राष्ट्रिय जनमोर्चा कालिकोटका जिल्ला अध्यक्ष कटक बहादुर शाहीको अध्यक्षता, केन्द्रिय सदस्य देबजंग शाहीको प्रमुख आथित्यता, केन्द्रिय सल्लाहकार समिति सदस्य जयकृष्ण संज्यालको विशेष आथित्यता र अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य अजय गिरीको आथित्यतामा आज आज आयोजित पत्रकार सम्मेलनमा कार्तिक २२ गते देखि आउदो कार्तिक २२ गते सम्म गरिने बार्षिक कार्यक्रमको सेडुवल पस्तुत गर्दै राजमो जिल्ला उपाध्यक्ष मिन बहादुर शाहीले जिल्लाका प्रमुख सवालहरुका विषयमा विभिन्न खालका जागरण अभियान संचालन गर्ने बताउनु भएको छ । 

जम्काभेट अभियानको नाममा आफ्नो संगठ विस्तार गर्न बार्षिकी अभियान त थालेको हैन ? भन्ने पत्रकारहरुको जिज्ञासामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य देबजंग शाहीले संगठन विस्तार भनेको पार्टी तथा मोर्चाको नियमिति र निरन्तर अभियान त छदै छ यसका अलवा पछिल्लो चरण जिल्लास्तरमा मौलाउदो बेथितिकरणलाई नियन्त्रण गर्न जम्काभेट अभियान थालिएको बताउनु भएको छ । 

साथै जिल्लामा मौलाउदो बेथितिको सवाल केवल राष्ट्रिय जनमोर्चाको सवाल मात्र नभै समस्त जिल्लावासीको सवाल भएकाले जम्काभेट अभियानलाई सार्थक र निश्कर्षमा पुर्याउन सम्पूर्ण मजदुर, किसान, महिला, युवक, विद्यार्थी, शिक्षक, कर्मचारी, बुद्धिजिवि, संचारकर्मी तथा ब्यापारीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न जिल्ला स्तरिय तथा राष्ट्रिय स्तरीय संचार माध्यमका पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह