२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लागु पदार्थ नियन्त्रण सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रम

२०७२, १७ भाद्र बिहीबार ०६:४०

भाद्र १७, पोखरा । लागु पदार्थ
नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्की तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति
कास्कीको सहकार्यमा पोखरा–७ रत्नचोक एरियामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईले
सामुदायिक सेवा केन्द्रहरुले बिभिन्न सचेतनामुलक कार्यक्रमहरु मार्फत मुख्य सचेतना र जनसम्पर्कको माध्यम
समेत हुने कार्यक्रम घरदैलो नै भएको उल्लेख गर्दै अन्तर संघसंस्थाहरु बिच सहकार्यमा गरिने कार्यक्रमले
यसको प्रभावकारिता अझै महत्वपुर्ण हुने बताए र आउने दिनहरुमा सबै संघसंस्था सहकार्य गर्दै जाने पनि बताए

लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु गुरुङको सभापतित्वमा भएको
कार्यक्रममा उपाध्यक्ष जगन सुवा घले एवं कार्य समिति सदस्यहरु, सुन्दरटोल आमा समुह पोखरा–७ एयरपोर्टका
अध्यक्ष नरमाया अधिकारी र सदस्यहरु, घारीपाटन टोल बिकास संस्थाका अध्यक्ष प्रभा पन्त, घारीपाटन आमा
समुहका अध्यक्ष पबित्रा जि.सी., सामुदायिक प्रहरी कर्मचारीहरु समेतको सहभागिता रहेको थियो भने पोखरा–७
एयरपोर्टचोक देखी रत्नचोक हुंदै सडक डिभिजन चोकका करीब तीन सय घरधुरीहरुमा पुगी पर्चा बितरण सहित होटल,
रेष्टुरेण्ट र पसलहरुमा बिद्यालय वा कलेजको युनिफर्ममा रहेका कुनै पनि बिद्यार्थीहरुलाई मदिरा तथा
सुर्तीजन्य पदार्थहरुको बेचबिखन नगर्न र आफ्ना छोराछोरीहरुको क्रियाकलापहरुमा बिशेष ध्यान दिनुका साथै
आफ्नो छरछिमेकमा लागु औषध दुर्ब्यसनमा कोही लागेको भए आवश्यक परामर्श तथा सहयोग गर्नुका साथै बिभिन्न
सचेतना मुलक कार्यक्रमहरुको माध्यमद्वारा सबै एकजुट भई न्युनिकरण निराकरणमा समेत आफुहरु प्रतिबद्ध रहेको
जानकारी गराएका थिए ।

पोखरा–७ एयरपोर्टबाट शुरु भई सडक डिभिजन
चोकमा पुगी कोण सभामा परिणत भई समाप्त भएको कार्यक्रममा अध्यक्ष बिष्णु गुरुङले सहभागी सबैलाई धन्यबाद
ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिईन भने कार्यक्रम सञ्चालन निवर्तमान उपाध्यक्ष एवं सल्लाहकार
भगवती गुरुङले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश