२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लागु पदार्थ नियन्त्रण सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रम

१७ भाद्र २०७२, बिहीबार ०६:४०

भाद्र १७, पोखरा । लागु पदार्थ
नियन्त्रण तथा समाज सुधार आमा समुह नेपाल कास्की तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति
कास्कीको सहकार्यमा पोखरा–७ रत्नचोक एरियामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईले
सामुदायिक सेवा केन्द्रहरुले बिभिन्न सचेतनामुलक कार्यक्रमहरु मार्फत मुख्य सचेतना र जनसम्पर्कको माध्यम
समेत हुने कार्यक्रम घरदैलो नै भएको उल्लेख गर्दै अन्तर संघसंस्थाहरु बिच सहकार्यमा गरिने कार्यक्रमले
यसको प्रभावकारिता अझै महत्वपुर्ण हुने बताए र आउने दिनहरुमा सबै संघसंस्था सहकार्य गर्दै जाने पनि बताए

लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु गुरुङको सभापतित्वमा भएको
कार्यक्रममा उपाध्यक्ष जगन सुवा घले एवं कार्य समिति सदस्यहरु, सुन्दरटोल आमा समुह पोखरा–७ एयरपोर्टका
अध्यक्ष नरमाया अधिकारी र सदस्यहरु, घारीपाटन टोल बिकास संस्थाका अध्यक्ष प्रभा पन्त, घारीपाटन आमा
समुहका अध्यक्ष पबित्रा जि.सी., सामुदायिक प्रहरी कर्मचारीहरु समेतको सहभागिता रहेको थियो भने पोखरा–७
एयरपोर्टचोक देखी रत्नचोक हुंदै सडक डिभिजन चोकका करीब तीन सय घरधुरीहरुमा पुगी पर्चा बितरण सहित होटल,
रेष्टुरेण्ट र पसलहरुमा बिद्यालय वा कलेजको युनिफर्ममा रहेका कुनै पनि बिद्यार्थीहरुलाई मदिरा तथा
सुर्तीजन्य पदार्थहरुको बेचबिखन नगर्न र आफ्ना छोराछोरीहरुको क्रियाकलापहरुमा बिशेष ध्यान दिनुका साथै
आफ्नो छरछिमेकमा लागु औषध दुर्ब्यसनमा कोही लागेको भए आवश्यक परामर्श तथा सहयोग गर्नुका साथै बिभिन्न
सचेतना मुलक कार्यक्रमहरुको माध्यमद्वारा सबै एकजुट भई न्युनिकरण निराकरणमा समेत आफुहरु प्रतिबद्ध रहेको
जानकारी गराएका थिए ।

पोखरा–७ एयरपोर्टबाट शुरु भई सडक डिभिजन
चोकमा पुगी कोण सभामा परिणत भई समाप्त भएको कार्यक्रममा अध्यक्ष बिष्णु गुरुङले सहभागी सबैलाई धन्यबाद
ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिईन भने कार्यक्रम सञ्चालन निवर्तमान उपाध्यक्ष एवं सल्लाहकार
भगवती गुरुङले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु