2026-08-29 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पञ्चदेवल क्याम्पसले आज नयाँ सञ्चालक समिति पाउँदै

रमेश रावत/कात्तिक २७, अछाम । लामो समयदेखि विवादमा रहेको पञ्चदेवल बहुमुखि क्याम्पस विनायकले अव नया सञ्चालक समिति पाउने भएको छ । लामो समय सम्म सञ्चालक समिति विहिन बनेको क्याम्पसले शुक्रबारको सर्बपक्षिय सर्वदलिय भेलाले नया सञ्चालक समिति चयन गर्ने तयारी भै रहेको छ । लामो समयसम्म विभिन्न कठिनाई भोगिरहेको क्म्यापसलाई नियमित संचालनको लागी स्थानिय राजनैतिक दलले पहल थालेका छन । 

क्याम्पस प्रसासनले भोलिकालागी क्याम्पसको भेलाको आयोजना गरेको छ । क्याम्पस प्रसासनका अनुसार आज विहान ११ बजे केहि निश्चित व्यक्तिलाई पत्रचार गरी भेलाको तयारी गरेको छ । 

भेलाको सम्पुर्ण तयारी पुरा भएको क्याम्पसका उप प्रसासक टंक धामी ले जानकारी दिनुभयो । भोलिको भेला भने बैठक जस्तै गरी चल्ने स्रोतले बताएको छ । बैठक कै जत्तिको सरोकारवालको उपस्थिती रहने र बैठकमा औपचारीक रुपमा अध्यक्ष्ँको अध्यक्षता रहने भएपनि प्रमुख अतिथि भने कोहिपनी नरहने स्रोतले बताएको छ । क्याम्पसमा लामो समयदेखि विभिन्न विवाद भईरहदा पठनपाठन समेत प्रभावित हुदै आएको छ । 

पठन पाठनको विषय र क्याम्पसको संरचनाको विषयलाई लिएर विध्यार्थि र विध्यार्थि संगठनहरुले पटक पटक आन्दोलन पनि गरेका थिए । यतिबेला भने राजनैतिक दलको सक्रियतामा विवादलाई टुंग्याउदै नया सञ्चालक समिति चयनका लागी पहल थालिएको छ । यस क्षेत्रका क्रियासिल राजनैतिक दल नेपालि कंग्रेस, एमाले, माओबादि केन्द्र, राप्रपा नेपाल, नेकपा माओबादी लगायतको छुट्टा छुट्टै र सामुहिक छलफल भईरहेको छ । 

यस्तै छलफल आन्तरीक रुपमा आज विहान पनि भएको छ । बैठकले निस्कर्ष केहि निकाल्न नसकेपनि प्रमुख ३ पार्टि कांग्रेस, एमाले, र माओबादि केन्द्रले एकजुट भएर सहमतिको आधारमा सञ्चालक समिति चयन गर्ने भन्ने सामुहिक निचोड निकालेका छन । उक्त दलले पहिलेको सबैकुरालाई छोडेर सम्पुर्ण काम नया ढंगले अगाडि बढाउने निस्कर्ष निकालेको छ ।  

यता विप्लब नेतृत्वको नेकपा माओबादिले भने आफ्नो पुरानै अडान दोहोयाएको छ । माओबादिले पुरानो हिनामिना भएको हिसाबको न्यायिक छानविन लगायतका मागमा फरक मत राखेको छ । राप्रपा नेपाल भने यस विषयमा मौन जस्तै देखिएको छ । 

आजको भेला सर्बपक्षिय सर्बदलिय भएको भनियपनि यस क्षेत्रका सञ्चार माध्ययमलाई बोलाईएको छैन । साथै पञ्चदेवल क्याम्पस विनायकले भोलि राजनैतिक दलको सहमतिमा सञ्चालक समिति चयन गर्ने खबर बाहिर आएसंगै यस क्षेत्रका बौद्धिक बर्गबाट यसमा चासो दिइएको छ । 

बौदिक व्यक्तित्वले नया आउने क्यँम्पस सञ्चालक समिति पुर्ण रुपमा सैक्षिक क्षेत्रको विकासको लागी त्याग गर्न सक्ने गरी बनाउन राजनैतिक दललाई सुझाब दिएका छन । 

क्याम्पसको सर्वागिंण विकासका लागी सबै क्षेत्र, बर्ग, भुगोल लगायतका विषयलाई समेटेर सञ्चालक समिति बनाउन आग्रह गरिएको छ । क्याम्पस सञ्चालनका क्रममा आगामी दिनमा यस क्षेत्रका जनताको क्याम्पसमा अपनत्व महसुस गर्न सक्नेगरी काम गर्न सक्ने समिति नै उत्तम हुने उक्त क्याम्पसका पुर्व प्राध्यापक तथा विध्यामन्दिर माविका शिक्षक हरी प्रसाद उपाध्यायले बताउनु भयो । 

यस्तै यस क्षेत्रका सम्पुर्ण नागरीकको आसु पसिनाले निर्माण भएको क्याम्पस लाई राम्रो बनाउनको लागी सैक्षिक क्षेत्रका अग्रणि व्यक्ति सम्मीलित समिति हुन पर्ने विनायक २ का समाजसेवि बुद्धिजिबी प्रजापति न्यौपानेको भनाई छ । 

उहाले खुलेरै पहिलेका अनुहार नदोहोरीने गरी युवाहरुलाई क्याम्पस सञ्चालनको जिम्मेवारी दिनु पर्ने धारणा राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो