२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लाका’ विद्यालयमा किशोरी मैत्री वातावरण

२७ कार्तिक २०७३, शनिबार ०२:२९

बिद्युत्मा रैका/कात्तिक २७, अछाम । पहिलेको तुलानामा अहिले अछाम जिल्लामा विद्यालयमा किशोरी मैत्री वातावरण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन । 

शिक्षाको गुणस्तर वृद्धि गर्न तथा विद्यालयमा किशोरीहरुको क्षमता अभिवृद्धिका लागी सामुदायिक विद्यालयले अब नयाँ ढङबाट अगाडी जानु पर्ने बताएका छन । 

क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे अछामको आयोजनामा किशोरी मैत्री विद्यालयको वातारण सम्बन्धि शोडषा उच्च मावि मंगलसेनमा गरेको सण्डे क्लब अन्तर्गतको छलफल कार्यक्रममा शोडषा देवि उच्च माविका व्यवस्थापन समिती अध्यक्ष चन्द्रमणि भाटले विद्यालयमा अध्ययनरत किशोरीको क्षमता विकासको लागी विद्यालय व्यवस्थापन समितीले सधै रेखदेख गरिरहेको बताउनु भयो । 

आफुलाई विद्यालय भित्र रहदा कुनै पनि किसिमको समस्या आएका जुनै पनि किशोरीले आफ्ना समस्याका बारेमा कक्षा शिक्षक, महिला शिक्षक तथा गुनासो पेटिकामा आफ्ना समस्या सुझाव दिन सक्नेमा उहाँले जोड दिनु भयो । 

बिद्याथीको चाहना अनुसार नै आफु अगाडी बढ्ने हुदा निर्धक्क साथ आफुलाई परेको अफ्ठेरोका बारेमा विद्यालय प्रशासन संग वा व्यवस्थापन समिती संग जानकारी गराए तत्काल समस्या समाधानका लागी आफु जहिले तयार रहने उहाँले प्रतिवद्धता जनाउनु भयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले आफ्नो विद्यायलमा किशोर किशोरी माथी कुनै पनि विभेद नगरेको भन्दै किशारी मैत्री वातावरण रहेको बताउनु भएको थियो । घरायसि कामले गर्दा किशोरीको शैक्षिक क्षमता घट्दै गइरहेको प्रधानाध्यापक जोशीको भनाई छ । 

आफुले किशोरीहरुलाई अगाडी ल्याउन खोजे पनि विश्लेषण गर्ने, तर्क गर्ने, सामान्यीकरण गर्ने, आफ्ना दृष्टिकोण र तर्कलाई पुष्टि गर्ने र एक परिवेशमा सिकेका कुरालाई स्थानान्तरण गर्ने कुरामा किशोरी कमजोर देखिएका उहाँले बताउनु भयो । 

यस्ता कमजोरीलाई सुधार्नका लागी विद्ययाल प्रशासनले मात्रै नभई अभिभावकको पनि महत्वपूर्ण साथ रहने प्रअ जोशीको भनाई छ । सौचालयमा पानी भए पनि प्रयोग गर्ने भाडा तथा डस्टबिन नहुदा आफुलाई सौचालय प्रयोगका लागी समस्या रहेको सहभागी किशोरीहरुको भनाई थियो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका प्रतिनिधी शिक्षक तरक बहादुर रावल, शंकर रावल, महिला शिक्षक सरिता साउँद, गिता ढुङगाना लगाएत डब्लुडब्लुजे अछामका पदाधिकारीको सहभागीता रहेको थियो । 

अध्यक्ष पूजा शाहीको अध्यक्षतामा भएको कायक्रमको सहजिकरण सचिब बिद्युत्मा रैकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की