२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका दुई विद्यालयलाई जर्मनेलीहरुद्वारा ३९ थान ल्यापटप प्रदान

२०७३, २७ कार्तिक शनिबार ०३:४९

कात्तिक २७, नुवाकोट । विद्यालयमा सूचना प्रविधिको पहँुच सहितको अध्ययनलाई विस्तार गर्न सहयोग पुगोस् भन्दै चौघडामा रहेका दुई विद्यालयलाई रत्न फाउन्डेसन काठमाडौंको अगुवाइमा जर्मनेलीहरुले ३९ थान ल्यापटप र तीन थान प्रोजेक्टर प्रदान गरेका छन् । 

चौघडा –।८ स्थित क्षेत्रपाल माविलाई ३० थान ल्यापटप र दुई थान प्रोजेक्टर र सोही गाविसको वडा नं ९ बानियाटारस्थित इन्द्रायणी निमाविलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको क्षेत्रपाल माविमा लेखापाल अर्जुन पौडेलले जानकारी दिनुभयो । 

नेपाली कांग्रेस क्षेत्र नंं २ का सभापति ध्रुव श्रेष्ठले आयोजकका तर्फबाट विद्यालयका प्रअ कृष्णबहादुर राईलाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो । उक्त कम्प्युटर र प्रोजेक्टरको मूल्य रु १६ लाख भन्दा बढी रहेको विद्यालयले जनाएको छ । 

भूकम्पका कारण विद्यालय भत्किएकाले यसअघि विद्यालयमा रहेका कम्प्युटरमा क्षति पुगेकाले कम्प्युटर विषयको पढाइ नै प्रभावित भएकामा अब भने सहज हुने प्रअ राईले बताउनुभयो । 

यस्तै चौघडा गाविस वडा नं। ९ बानियाँटारस्थित इन्द्रायणी निमाविका प्रअ रामप्रसाद लामिछानेलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो