२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा पिस क्रिकेट कपको तयारी पूरा, भोलिको उद्घाटन खेल फ्यूचर स्टार र अल इन वानका बीचमा हुने

१८ भाद्र २०७२, शुक्रबार ११:१५

भदौ १८, पोखरा । पोखरा पिस
क्लवले भदौ १९ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको नवौं खुल्ला पोखरा पिस क्रिकेट कपको तयारी पूरा
भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान ९ः१५ बजे
फ्यूचर स्टार क्रिकेट क्लव र अल इन वान क्रिकेट क्लवकाबीच हुनेछ ।
प्रतियोगितामा पोखराका क्रिकेट
क्लवहरु पोखरा क्रिकेट क्लव, फ्यूचर स्टार क्रिकेट क्लव, अल इन वान क्रिकेट क्लव, म्याजिक क्रिकेट क्लव,
रामबजार व्वाइज व्वाइज क्रिकेट क्लव, पोखरा क्रिकेट एकेडेमी, पोखरा वारियर्स क्रिकेट क्लव, लामाचौर
क्रिकेट क्लव, धौलागिरी क्रिकेट क्लव बाग्लुङ्ग, वेष्टर्न क्रिकेट क्लव बाग्लुङ्ग, युनाइटेड स्याङ्गजा
क्रिकेट क्लव स्याङ्गजा, स्याङ्गजा युनाइटेड व्वाइज क्रिकेट क्लव स्याङ्गजा र आयोजक पोखरा पिस क्लवका
दुई टीम गरी कुल १४ टिमको सहभागिता रहेको संयोजक भोजराज बरालले जानकारी दिए ।


प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र,
दोस्रो हुनेलाई १७ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु.२ हजार ५,
ट्रफी र प्रमाणपत्र, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र साथै सर्वाधिक रन बनाउने
खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी, सर्वाधिक छक्का हान्ने खेलाडीलाई जनही रु.१ हजार, ट्रफी र
प्रमाणपत्र प्रदान गरिने सचिव प्रताप आचार्यले जानकारी दिए ।


प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेल आयोजक पोखरा पिस क्लव बी र स्याङ्गजा युनाइटेड
ब्वाइजका बीच दिउँसो १ः०० हुनेछ । खेल मालेपाटनको खुल्ला चौरमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने