२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लेखनाथमा अनाथ सेवा आश्रम संचालन

१९ भाद्र २०७२, शनिबार ०६:१८

भदौ १९, पोखरा
श्रीकृष्ण प्रणामि परमार्थ मिसन ट्रष्टले लेखनाथ नगरपालिका वडा नं ७ परमार्थ नगर
डाडाँकोनाकमा अनाथ सेवा आश्रम सञ्चालनमा आएको छ।
अनाथ व्यत्तिहरुलाई आश्रय दिनका लागि सो आश्रम
संचालन गरिएको उक्त आश्रममा तत्काल २० जना अनाथ व्यत्तिलाई आश्रय दिन सकिने बताइएको छ। आश्रमका लागि
पहिलो चरणमा ५५ लाखको लागतमा पाँच कोठाको एक तल्ले भवन निर्माण गरिएको छ।
भविष्यमा आश्रममा एक सय आठ
कोठासम्म निर्माण गर्ने लक्ष्य लिइएको छ। अनाथ सेवा आश्रम निर्माणका लागि अर्थ संकलन गर्ने उदेश्यले
गतवर्ष बैशाख २९ देखि जेठ ६ गतेसम्म आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञमा ८४ लाख रुपैया संकलन
भएको थियो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री रामशरण महतले कसैको उक्साहटमा आन्दोलनमा नलाग्न आग्रह
गर्नुभएको छ।

मधेसी र पहाडियाबीच लडाएर राजनिति फाईदाका
लागि केहि नेताको उक्साहटमा आन्दोलन भएको छ उहाँले भन्नुभयो–यो उक्साहटमा नेपाली नागरिक लाग्न हुदैन।
उक्साहटका गतिविधिको खिलाफमा नेपाली नागरिक नै लाग्नु पर्ने उहाँको भनाई थियो।
उहाँले हत्या हिंसा
मुलुकको लागि घातक भएकोले शान्तिपूर्णवाटो बाटै समस्याको समाधान खोज्न आग्रह गनुभयो ।
आन्दोलनमा
हिंसा, तोडफोड र मृत्यु सम्मका घटना भएका छन् यो राजनितिक आन्दोलन हुदैहोइन उहाँले भन्नुभयो–राजनितिक
माग हो भने संविधान सभामा आएर शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न सकिन्छ।
नेपाली काँग्रेस कास्कीका
सभापति तथा सभासद् यज्ञबहादुर थापाले जुन सुकै हालतले पनि संविधान आउने विश्वास दिलाउनुभयो।
यो वेला
भनेको एउटा आमाले वञ्चा जन्माउदा कति पिडा हुन्छ नेपाल आमालाई पनि विभिन्न आन्दोलनका नामा पिडा भएको छ
उहाँले भन्नुभयो–वञ्चा पाउनका लागि आमाले जति पिडा भएपनि खुसी साथ वञ्चा जन्माउछिन् त्यसरी नै नेपाल
आमाले विविध पिडा सहेर पनि संविधान ल्याउने छिन्।

मुख्य
सचिव डा.सोमलाल सुवेदीले विकासका लागि सवै एक जुट हुनु पर्नेमा जोड दिनुभयो।
श्रीकृष्ण प्रणामि
परमार्थ मिसन ट्रष्टका अध्यक्ष स्वामि विष्णु बशिष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ
नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरी,
आश्रमका संरक्षक सूर्यमोहन भट्टराई, आमा समुहको तर्फबाट लक्ष्मी श्रेष्ठ र भवन निर्माण समितिका संयोजक
मेजर रामप्रसाद गुरुङ बरिष्ठ उद्घोषक नेत्रपाणि बाँस्तोलाले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार