३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

महिला मानव अधिकार रक्षक सञ्जालमा नयाँ नेतृत्व

१९ भाद्र २०७२, शनिबार १३:११

सरिता तिमील्सीना
पगेनी/भदौ १९, पोखरा ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको शुक्रबार भएको छैठौ अधिवेशन
तथा साधारण सभाले सरिता थापा मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्याक्षमा जानकी शर्मा, सचिवमा इन्दु कुमारी शर्मा, सहसचिवमा सरिता
तिमिल्सीना पंगेनी र कोषाध्यक्षमा जमुना शर्मा रहेका छन् ।

कार्य समितिको सदस्यहरुमा राज थापा क्षेत्री, पार्वती पौडेल, पुनम गुरुङ, मनुमाया नेपाली,
मिरा पोखरेल, केसु भुजेल, कमला गहतराज र सुशीला भुजेल रहेका छन् ।

प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीले उद्घाटन गरेको कार्यक्रममा महिला मानव अधिकार रक्षक
सञ्जाल कास्कीका संस्थापक अध्यक्ष उषा बरुवाललाई पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन
खनालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

त्यस्तै
सल्लाहाकारहरु सवनम शर्मा, विना सिलवाल, नन्दकला नेपाली र अक्षयकोषमा सहयोग गर्ने थ्रि एन्जेलका
कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमलाई सम्मान पत्र प्रदान गरियो ।

कार्यक्रममा मानव अधिकारकर्मीहरु टेकनाथ बराल, खगराज आचार्य, विष्णु बराल, कमल प्रसाद अर्याल,
पुनरावेदन बारका अध्यक्ष खगेन्द्रराज आचार्य, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का,
इन्सेकका क्षेत्रिय संयोजक शिव खकुरेल, सञ्चारीका समुहका पश्चिमाञ्चल अध्यक्ष जमुना शर्मा वर्षा, पोखरा
उपमहानागर पालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, क्रियाशिल पत्रकार महिला समुह कास्कीका अध्यक्ष सरिता
तिमिल्सीना लगायतका वक्ताले मन्तव्य राखेका थिए ।

सभाले सचिव
सरिता थापाले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष केसु भुजेलले प्रस्तुत गरेको आर्थिक
प्रतिवेदन पारित गरेको छ । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको अक्षयकोष निर्माणको लागि थ्रिएन्जेल
नेपालले ५० हजार सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली