२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवौं पोखरा पिस क्रिकेट कप शनिबारदेखि सुरु

२० भाद्र २०७२, आईतवार १३:५७

भदौ २०, पोखरा । पोखरा पिस क्लवको आयोजनामा
नवौं पोखरा पिस क्रिकेट कप शनिवार देखि सुरु भएको छ । मालेपाटनको खेलमैदानमा शनिवार भएको उद्घाटन खेलमा
अल इन वान क्रिकेट क्लवले प्mयूचर स्टार क्रिकेट क्लवलाई १० रनले पराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको अल इन वानले निर्धारित २० ओभरमा २
विकेटको क्षतिमा १ सय ८४ रनको विशाल योगफल तयार पारेको थियो । अल इन वानका लागि निश्चल पाण्डेले ७० बलमा
१ सय १० रनको अविजित पारी खेलेका थिए ।

१ सय ८५ रनको लक्ष्य
पछ्याउदै जवाफी व्याटिङ्गमा उत्रिएको फ्यूचर स्टारले २० ओभरमा ४ विकेट गुमाएर का १ सय ७४ रन मात्र जोड्न
सक्यो । २ विकेट सहित अल इन वानका निश्चल पाण्डे उक्त खेलका म्यान अफ दी म्याच घोषित भए ।

शनिवार नै भएको दोस्रो खेलमा स्याङ्गजा युनाइनेड ब्वाइज क्रिकेट क्लवले
आयोजक पोखरा पिस क्लव बीलाई ५ विकेटले पराजित गरेको छ । आयोजक बी का कप्तान अनिल केसीले टस जितेर
व्याटिङ्ग रोज्ने निर्णयलाई स्याङ्गजा युनाइटेड ब्वाइजले गलत सावित गर्दै १७.५ ओभरमा आयोजक क्लवलाई ९८
रनमा समेटेको थियो ।

आयोजक बी का तर्फबाट अश्विन अधिकारीले१८ रन
र संगित थापाले१७ रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ स्याङ्गजा युनाइटेड ब्वाइजका विश्व थापाले ३
विकेट, अशोक र सगुनले २।२ विकेट लिन सफल भए ।

९९ रनको झिनो
लक्ष्य पाएको स्याङ्गजा युनाइटे ब्वाइजले विरु गुरुङ्गको २२ बलमा अविजित ३५ रनको मद्दतले १०.१ ओभरमा
उक्त लक्ष्य पार गरेको थियो । स्याङ्गजा युनाइनेड ब्वाइजका विश्व थापा उक्त खेलको म्यान अफ दी म्याच
घोषित भएका थिए ।

म्यान अफ दी म्याचको पुरस्कार प्रतियोगिता मूल
व्यवस्थापन समितिका संयोजक भोजराज बराल र किसान जागरण बहुमुखी सहकारी संस्था लि.का सचिव शिव प्रसाद
बरालले वितरण गरेका थिए ।

यस अघि क्लवका सल्लाहकारहरु डा.उमानाथ
बराल, तेजनारायण अधिकारी, उज्वल खत्री र सरोजनारायण बरालले संयुक्त रुपमा नवौं पोखरा पिस क्रिकेट कपको
व्यानरमा हस्ताक्षर गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।

भदौ
२६ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत आइतबार २ खेलहरु हुनेछन् । पहिलो खेल बिहान ९:१५ बजे
वेष्टन क्रिकेट क्लव बाग्लुङ्ग र पोखरा क्रिकेट क्लवका बीच तथा दोस्रो खेल दिउँसो १:०० बजे पोखरा
वारियर्स क्रिकेट क्लव र रामबजार ब्वाइज क्रिकेट क्लवका बीच हुने आयोजक क्लवका सदस्य राजेन्द्र बरालले
जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली