2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवौं पोखरा पिस क्रिकेट कप शनिबारदेखि सुरु

भदौ २०, पोखरा । पोखरा पिस क्लवको आयोजनामा
नवौं पोखरा पिस क्रिकेट कप शनिवार देखि सुरु भएको छ । मालेपाटनको खेलमैदानमा शनिवार भएको उद्घाटन खेलमा
अल इन वान क्रिकेट क्लवले प्mयूचर स्टार क्रिकेट क्लवलाई १० रनले पराजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ्गको निम्तो पाएको अल इन वानले निर्धारित २० ओभरमा २
विकेटको क्षतिमा १ सय ८४ रनको विशाल योगफल तयार पारेको थियो । अल इन वानका लागि निश्चल पाण्डेले ७० बलमा
१ सय १० रनको अविजित पारी खेलेका थिए ।

१ सय ८५ रनको लक्ष्य
पछ्याउदै जवाफी व्याटिङ्गमा उत्रिएको फ्यूचर स्टारले २० ओभरमा ४ विकेट गुमाएर का १ सय ७४ रन मात्र जोड्न
सक्यो । २ विकेट सहित अल इन वानका निश्चल पाण्डे उक्त खेलका म्यान अफ दी म्याच घोषित भए ।

शनिवार नै भएको दोस्रो खेलमा स्याङ्गजा युनाइनेड ब्वाइज क्रिकेट क्लवले
आयोजक पोखरा पिस क्लव बीलाई ५ विकेटले पराजित गरेको छ । आयोजक बी का कप्तान अनिल केसीले टस जितेर
व्याटिङ्ग रोज्ने निर्णयलाई स्याङ्गजा युनाइटेड ब्वाइजले गलत सावित गर्दै १७.५ ओभरमा आयोजक क्लवलाई ९८
रनमा समेटेको थियो ।

आयोजक बी का तर्फबाट अश्विन अधिकारीले१८ रन
र संगित थापाले१७ रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ स्याङ्गजा युनाइटेड ब्वाइजका विश्व थापाले ३
विकेट, अशोक र सगुनले २।२ विकेट लिन सफल भए ।

९९ रनको झिनो
लक्ष्य पाएको स्याङ्गजा युनाइटे ब्वाइजले विरु गुरुङ्गको २२ बलमा अविजित ३५ रनको मद्दतले १०.१ ओभरमा
उक्त लक्ष्य पार गरेको थियो । स्याङ्गजा युनाइनेड ब्वाइजका विश्व थापा उक्त खेलको म्यान अफ दी म्याच
घोषित भएका थिए ।

म्यान अफ दी म्याचको पुरस्कार प्रतियोगिता मूल
व्यवस्थापन समितिका संयोजक भोजराज बराल र किसान जागरण बहुमुखी सहकारी संस्था लि.का सचिव शिव प्रसाद
बरालले वितरण गरेका थिए ।

यस अघि क्लवका सल्लाहकारहरु डा.उमानाथ
बराल, तेजनारायण अधिकारी, उज्वल खत्री र सरोजनारायण बरालले संयुक्त रुपमा नवौं पोखरा पिस क्रिकेट कपको
व्यानरमा हस्ताक्षर गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।

भदौ
२६ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत आइतबार २ खेलहरु हुनेछन् । पहिलो खेल बिहान ९:१५ बजे
वेष्टन क्रिकेट क्लव बाग्लुङ्ग र पोखरा क्रिकेट क्लवका बीच तथा दोस्रो खेल दिउँसो १:०० बजे पोखरा
वारियर्स क्रिकेट क्लव र रामबजार ब्वाइज क्रिकेट क्लवका बीच हुने आयोजक क्लवका सदस्य राजेन्द्र बरालले
जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई