कात्तिक, काठमाडौँ । भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक, काठमाडौँ । भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाई रोजगारीको लागि युएर्इ जाँदैहुनुहुन्छ ? त्यसोभए यो पढ्नुस !

२८ कार्तिक २०७३, आईतवार ०५:४०


कात्तिक, काठमाडौँ । भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्नेलाई युएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था छ । 

तर थाहा नपाएर निषेधित वस्तु लैजाँदा धेरै नेपाली थुनामा परेका छन् । प्रतिवन्ध नगरिएका वस्तु लग्दा पनि भन्सारका कर्मचारीले थाहा नपाउँदा दुःख पाउने गरेका छन् ।

युएई स्थित नेपाली दूतावासले यी बस्तुहरु लैजान प्रतिबन्ध रहेको जानकारी गराएको छ । 

१ कुनै पनि प्रकारको लागू वा नशालू औषधी वा मनोद्वीपक पदार्थ । 

२ गांजा, भाङ, धतुरो र यी वस्तु मिसाएर बनेको कुनै परिकार ।

३ पान, पराग र खैनी ।

४ नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधीहरु र   धेरै परिमाणमा अन्य औषधीहरु।

५ शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधीहरु ।

६ अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभए तापनि ठूलो संख्यामा सिडि र डिभिडिहरू ।

७ युएई एक लाख दिरहाम वा सो बराबरको विदेशी मुद्रा नगदै वा चेकरड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।

८ मर्चा, जांड, रक्सी, वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।

९ सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रण, उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनाइएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधीहरु ।

१० आफूले नित्य रुपमा खानुपर्ने औषधी साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो