३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

निर्माण व्यवसायी समिति पोखराको अध्यक्षमा थापा

२० भाद्र २०७२, आईतवार १३:५९

भदौ २०, पोखरा । निर्माण व्यवसायी समिति पोखराको शनिवार
सम्पन्न १८ औ साधारण सभा तथा नवौ अधिवेशनले आगामी दुई वर्षका लागि अर्जुन थापाको अध्यक्षतामा १९ सदस्यीय
नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा
नारायण गुरुङ, उपाध्यक्षमा वीरबहादुर थापा, सचिवमा बेलबहादुर बस्नेत, सहसचिवमा बुद्विबहादुर परियार,
कोषाध्यक्षमा तारा पाठक र सहकोषाध्यक्षमा विक्रम के.सी छन् ।

त्यस्तै समितिको सदस्यहरुमा धनजीत गुरुङ, प्रेम थापा, अच्युत शर्मा, रत्नबहादुर कार्की,
जितबहादुर थापा, मिठु नेपाली, रामजी सि.के, भिमबहादुर शाही, दिलिप गुरुङ, शंकर राई, बलबहादुर सारु मगर र
फणिन्द्रमान कामी छन् ।

अध्यक्षमा निर्वाचित थापाले सवै निर्माण
व्यवसायीलाई समेट्दै अघि बढ्ने र व्यवसायीक हितको पक्षमा काम गर्ने प्रतिवद्वता व्यत्त गरेका
थिए।
साधारण सभाले सचिव नारायण गुरुङले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष शिवबहादुर खड्काले
प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

यसअघि साधारण
सभाको उद्घाटनगर्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर रानाले निर्माण
व्यवसायीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै पुर्वाधार विकासकर्ताको परिचय स्थापित गर्न सक्नुपर्ने बताए

पोखरा उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले
घर सिँगारेर मात्र नहुने भन्दै सुरक्षित घर बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सेकोन
कास्कीका उपाध्यक्ष देउकाजी गुरुङ, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष किसानसिंह गुरुङ, निर्माण
व्यवसायी समिति पोखराका प्रमुख सल्लाहाकार फुर्व छिरिङ गुरुङ, सल्लाहाकार लोकबहादुर गुरुङ, निर्माण
व्यवसायी समिति दमौलीका सचिव सोम आले लगायतले बोलेका थिए ।

निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष भिमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
उपाध्यक्ष अर्जुन थापाले स्वागत र सचिव नारायण गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली