2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

निर्माण व्यवसायी समिति पोखराको अध्यक्षमा थापा

भदौ २०, पोखरा । निर्माण व्यवसायी समिति पोखराको शनिवार
सम्पन्न १८ औ साधारण सभा तथा नवौ अधिवेशनले आगामी दुई वर्षका लागि अर्जुन थापाको अध्यक्षतामा १९ सदस्यीय
नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा
नारायण गुरुङ, उपाध्यक्षमा वीरबहादुर थापा, सचिवमा बेलबहादुर बस्नेत, सहसचिवमा बुद्विबहादुर परियार,
कोषाध्यक्षमा तारा पाठक र सहकोषाध्यक्षमा विक्रम के.सी छन् ।

त्यस्तै समितिको सदस्यहरुमा धनजीत गुरुङ, प्रेम थापा, अच्युत शर्मा, रत्नबहादुर कार्की,
जितबहादुर थापा, मिठु नेपाली, रामजी सि.के, भिमबहादुर शाही, दिलिप गुरुङ, शंकर राई, बलबहादुर सारु मगर र
फणिन्द्रमान कामी छन् ।

अध्यक्षमा निर्वाचित थापाले सवै निर्माण
व्यवसायीलाई समेट्दै अघि बढ्ने र व्यवसायीक हितको पक्षमा काम गर्ने प्रतिवद्वता व्यत्त गरेका
थिए।
साधारण सभाले सचिव नारायण गुरुङले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष शिवबहादुर खड्काले
प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

यसअघि साधारण
सभाको उद्घाटनगर्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर रानाले निर्माण
व्यवसायीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै पुर्वाधार विकासकर्ताको परिचय स्थापित गर्न सक्नुपर्ने बताए

पोखरा उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले
घर सिँगारेर मात्र नहुने भन्दै सुरक्षित घर बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सेकोन
कास्कीका उपाध्यक्ष देउकाजी गुरुङ, निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष किसानसिंह गुरुङ, निर्माण
व्यवसायी समिति पोखराका प्रमुख सल्लाहाकार फुर्व छिरिङ गुरुङ, सल्लाहाकार लोकबहादुर गुरुङ, निर्माण
व्यवसायी समिति दमौलीका सचिव सोम आले लगायतले बोलेका थिए ।

निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष भिमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
उपाध्यक्ष अर्जुन थापाले स्वागत र सचिव नारायण गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई