२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा–१६ मा निगरानी समति गठन

२० भाद्र २०७२, आईतवार १४:०१

भदौ २०, पोखरा । पोखरा उप–महानगरपालिका ले १८ वटा वडामा फोहोर मैला
व्यवस्थापन अनुगमन तथा निगरानी समिति गठनलाई तिव्रता दिएको छ ।

पोखरालाई फोहोर मुक्त शहर बनाउने अभियान स्वरुप नयाँ थपिएका बाहेक सबै वडामा समिति गठनलाई
तिव्रता दिइएको फोहोर मैला तथा वातावरण शाखाका अधिकृत चुडामणि तिवारीले जानकारी दिनुभयो ।

जथाभावी फोहोर फाल्ने हरुलाई कानुनी कारवाही देखि वडाका भित्री चोकहरुमा
समेत सरसफाईको जागरण ल्याउन अभियान थालिएको तिवारीले बताउनुभयो ।

यसै क्रममा बाटुलेचौरमा भएको भेलाले टोल विकास संस्था पोखरा–१६ का अध्यक्ष पुष्पराज
तिमिल्सिनाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा वडा नागरिक मञ्चका अध्यक्ष कृष्णप्रसाद अधिकारी सहित त्यस वडाका प्रत्येक टोलबाट
प्रतिनिधित्व हुने गरी सहभागिता गराईएको छ ।

समितिले विभिन्न
टोलका प्रतिनिधिलाई त्यस क्षेत्रको जिम्मेवारी पनि तोकेको पोखरा उप–महानगरपालिकाका सुपरभाइजर हर्क
बहादुर गायकले जानकारी दिनुभयो । वडा सचिव एक बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली