२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपालको पहिचान प्रकृति र संस्कृति: योगी

२० भाद्र २०७२, आईतवार १४:०४

भदौ २०, पोखरा । संस्कृतिविद् चिन्तामणि योगीले नेपालको पहिचान भनेकै यहाँका
प्रकृति र संस्कृति भएको विचार व्यक्त गरेका छन् ।

श्री कृष्ण
जन्माष्टमीको अवसरमा सनातन धर्म सेवा समिति कास्कीको मुल आयोजना र श्री राम मन्दिर संरक्षण समितिको
सहआयोजनामा शनिबार आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै योगीले भन्नुभयो–विश्वमा केवल ३ वटा राष्ट्रले
मात्र आफूलाई धर्मनिरपेक्ष राष्ट्र भनेर चिनाएका छन् भने ७४ वटा इशाईराष्ट्र र ४९ वटा मुस्लिमराष्ट्र
छन् ।

हिन्दु राष्ट्र हुदाँ नेपालमा जातिय र क्षेत्रीय सदभाव
कायम भएको वास्तविकता स्वीर्कादै योगीले भने– नेपालमा जातिय र क्षेत्रीय विवादको मुलकारण नै धर्म
निरपेक्ष राष्ट्र हो ।

कार्यक्रममा कायममुकायम क्षेत्रीय
प्रशासक दिवाकर बास्तोलाले धार्मिक पर्वहरुले नै सद्भाव वढाउँछ भन्नु भयो । कार्यक्रममा धर्म संस्कृति र
समाजिक सद्भावका लागि सक्रिय अग्निहोत्री केदारनाथ उपाध्याय, रामलाल सुनार रसाइली र शारदा पराजुलीलाई
चिन्तामणि योगीले सम्मानपत्र प्रदान गरेका थिए ।

सनातन धर्म
सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजूको अध्यक्षतामा भएको उक्त सभामा विश्व हिन्दु महासंघका
राष्ट्रिय उपाध्यक्ष वेदनिधि शर्मा, सम्मानित व्यक्तित्व रामलाल सुनार, राम मन्दिर संरक्षण समितिका
पूर्व अध्यक्ष रामजिप्रसाद कोइराला, बह्माकुमारी सुधा, महात्मा राजराजेश्वरी लगायतका वक्ताले बोल्नुभएको
थियो ।

यस अघि पशुपतिनाथ मन्दिर सिमलचौरबाट बाजागाजा, झांकी
सहितको भव्य जन्माष्टमी शोभायात्राले नगरको प्रमुख भाग परिक्रमा गरी राममन्दिर परिसरमा पुगि धार्मिक
सभामा परिणत भएको थियो ।

नेपाल राष्ट्रिय खड्गी समाज
कास्कीका अध्यक्ष सोमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा कार्यालय बगरका प्रमुख मञ्जुबहादुर
बस्नेत, वडा प्रहरी प्रमुख अमर थापा, महासचिव विकल शाही लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने