२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा क्रिकेट क्लव र पोखरा वारियर्स क्वाटरफाइनलमा

२० भाद्र २०७२, आईतवार १४:१८

भदौ २०, पोखरा । पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप
२०७२ अन्तर्गत आइतबार भएको खेलमा पोखरा क्रिकेट क्लव र वारियर्स क्रिकेट क्लवले विजयी शुरुवात गरेको छ

आइतबारको पहिलो खेलमा वेष्ट्रन क्रिकेट क्लव बाग्लुङ्गले टस
जितेर पोखरा क्रिकेट क्लवलाई व्याटिङ्गको निम्तो दिंदा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रनको
विशाल योगफल तयार पारेको थियो । पोखरा क्रिकेटका तर्फबाट अनिल गुरुङ्गले ५८ बलमा १ सय १२ रनको योगदान
दिए । बलिङ्गमा वेष्ट्रनका प्रकटले १ विकेट हात पारे ।

२ सय २०
रनको विशाल लक्ष्य पाएको वेष्ट्रन १५.४ ओभरमा १ सय १८ रनमा समेटिन पुगेको थियो । वेष्ट्रनका अभिषेकले २०
रनको योगदान गरे । बलिङ्गमा पोखरा क्रिकेटका सुजनले ४ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दी म्याच
पोखरा क्रिकेट क्लवका अनिल गुरुङ्ग घोषित भए ।

आज नै भएको
दोस्रो खेलमा पोखरा वारियर्स क्रिकेट क्लवले रामबजार व्वाइज क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ ।
टस जिटेर पहिले ब्याटिङ्ग गरेको रामबजारले १९ ओभरमा सवै विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।
रामबजारका तर्फबाट सचिनले २३ रनको योगदान दिएका थिए । पोखरा वारियर्सका रोशन पौडेलले २ विकेट लिन सफल भए

१ सय १९ रनको लक्ष्य पाएको पोखरा वारियर्सले प्रभाकरको २९ रन
र सनिस थापाको २८ रनको मद्दतले १६ ओभरमा ५ विकेट गुमाएर उक्त लक्ष्य पार गरेको थियो । रामबजारका दिलिपले
२ विकेट हात पारे । उक्त खेलको म्यान अफ दी म्याच पोखरा वारियर्सका रोमन पौडेल घोषित भए ।

दुवै खेलको म्यन अफ दी म्याचलाई क्लवका अध्यक्ष दामोदर बराल र समाजसेवी
खिम बहादुर केसीले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत सोमवार २ खेलहरु हुनेछन् ।
पहिलो खेल विहान ९:१५ बजे म्याजिक क्रिकेट क्लव पोखरा र स्याङ्गजा युनाइटेड क्लव स्याङ्गजाका बीच र
दोस्रो खेल दिउँसो १:०० बजे पोखरा क्रिकेट एकेडेमी पोखरा र धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गका बीच हुने
आयोजक सदस्य सन्तोष बरालले जानकारी दिए ।

सोमवारको खेलमा नेपाली
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीले म्याजिक क्रिकेट क्लवका तर्फबाट सहभागिता जनाउने आयोजकले
जनाएको छ । प्रतियोगिता मालेपाटनको खेलमैदानमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने