कात्तिक २९, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राहुघाट जलविद्युत्मा स्थानीयलाई लगानीको अवसर

२९ कार्तिक २०७३, सोमबार ०६:३८


कात्तिक २९, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । 

सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । 

प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो । प्राधिकरणले आयोजनाका लागि भारतीय एक्जिम बैंकबाट चार करोड डलर सहुलियतपूर्ण ऋण लिनेछ । तत्काललाई १० प्रतिशत सेयर स्थानीयले पाउने भए पनि प्राधिकरण सञ्चालक समितिको बैठकले त्यसलाई बढाउन पनि सक्ने जनाएको छ । 

आयोजनालाई कम्पनीको मोडेलमा सञ्चालन गर्दा स्थानीयले पनि लगानीको अवसर पाउने र आयोजनालाई सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने राहुघाट आयोजनाका प्रशासकीय अधिकृत काशीराम दाहालले बताउनुभयो । 

विसं २०६७ देखि निर्माण सुरु भएको राहुघाटमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै काम नगरेपछि एक वर्षअघि प्राधिकरणले ठेक्का सम्झौता रद्द गरेको थियो । आइभीआरसियलले रु दुई अर्ब ७९ करोड ७८ लाखमा सिभिल, सुरुङ, सडक, विद्युत्गृह र बाँध निर्माण गर्ने सम्झौता गरे पनि तिल्केनीचौरमा अडिंत नम्बर ३ को ६५ मिटर सुरुङमार्ग र एक हजार ८० मिटर मात्रै सडक निर्माण गरेको छ । 

विवादकै कारण स्थगित अवस्थामा रहेको आयोजनाको बाँध र विद्युत्गृहको काम नै सुरु हुन सकेको छैन । सरकारले आयोजनाका लागि पिप्ले, भगवती, दग्नाम र झिं गाविसमा २८२ रोपनी जग्गाको मुआब्जा वितरण गरी अधिग्रहण गरिसकेको छ । छ वर्षमा आयोजनाको समग्र भौतिक प्रगति १२ प्रतिशत मात्रै छ । 

आइभीआरसियलसँग सम्झौता रद्द गरेसँगै गत वैशाखमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ३२ मेगावाट क्षमतालाई बढाएर ४० मेगावाट बनाउने निर्णय गरेको थियो । क्षमता बढेपछि आयोजनाको लागत रु आठ अर्ब ६० करोड पुगेको छ । आयोजनाका प्रमुख कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि रमेशमान श्रेष्ठलाई निमित्त आयोजना प्रमुख तोकिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन