२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

महिलालाई अधिकार दिने सवालमा पुरुषहरु संकिर्ण : सभासद पौडेल

२१ भाद्र २०७२, सोमबार ०८:२०

भदौ २१, पोखरा । सभासद सारदा
पौडेलले जात, धर्म, वर्ण र क्षेत्रका आधारमा नेपाली समाजलाई विभाजन गराएर संविधान बन्न नदिने षड्यन्त्र
भएको बताएकी छन् । नेपाली पहिचान बिर्सनु नहुनेमा जोड दिँदै उनले सदियौँदेखिको सामाजिक सद्भाव कसैले
उक्साउँदैमा नभत्किने दावी पनि गरिन् ।

पोखरा उद्योग
वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समितिले आयोजना गरेको महिला उद्यमी मेला–२०७२ को आइतबार आयोजित
समापनको अवसरमा बोल्दै उनले संविधानको मस्यौदामा महिलालाई पर्याप्त अधिकार नदिइएकोमा गुनासो गरिन् ।
आफूसँगै १ सय ७३ जना महिला सभासद्हरुले उठाएका मागहरु संवोधन नभएकोमा दुखेसो गर्दै उनले महिलालाई अवसर
प्रदान तथा अधिकार दिने सबालमा पुरुष सभासदहरु संकिर्ण भएको आरोप समेत लगाइन् ।

dance
‘यहाँ पैसा कमाउनेको मूल्याङ्कन हुन्छ, घर धान्नेको महत्व बुझेको खै
?’, उनले प्रश्न गर्दै भनिन्‘ महिलाको योगदानको मूल्याङ्कन नभएसम्म राष्ट्र अगाडि बढ्दैन ।’


कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले
महिला उद्यमशीलताको विकासले महिलालाई आत्मनिर्भर बनाउने मात्र हैन, देशको अर्थतन्त्र माथि उकास्न पनि
योगदान दिने बताए । उनले बन्द र हड्ताल संस्कृतिको विरुद्धमा पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको
अभियानलाई सघाउन सबैसँग आग्रह गनि गरे । अंचल प्रहरी कार्यालय गण्डकीका प्रमुख एसएसपी बलराम शर्माले
महिला र पुरुषबीचको आर्थिक असमानताले घरेलु हिँसा बढेको जानकारी दिँदै कमाउने महिलाले सम्मान र सुरक्षा
दुबै प्राप्त गर्ने धारणा राखे ।

tokan
अग्रणी उद्यमी रामकली खड्काले
हस्तकलाको काम महिलाको लागि उपर्युक्त पेशा भएको बताउँदै हस्तकलाको काममा लागेपछि साथी पनि बढ्ने पैसा
पनि कमाइने जानकारी दिइन् । पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी अध्यक्ष विन्दु
कोइराला सुवेदीले महिलाहरु उद्यमशीलता बढाउन आयोजना गरिएको मेलालाई सघाउने सबैलाई धन्यवाद दिँदै
उद्यमशीलता विकासको लागि निरन्तर लागिरहने बताइन् ।

महिला
मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष सरिता थापाले कानूनमै महिला अधिकार सुनिश्चित भए मात्र महिला
अगाडि बढ्न सक्ने धारणा राखिन् । महिलाहरु सवल भए हिँसा कम हुने उनको धारणा थियो ।

तीनदिन सम्म आयोजना भएको मेला समापनको अवसरमा पोखरा उद्योग वाणिज्य संघका
सल्लाहकार सुरेशराज राजभण्डारी, पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य सीता गुरुङ, महिला उद्यमी
चिनु गुरुङ,खहरे आमा समूहकी उपाध्यक्ष मैया थापा, उद्यमी सीता बराल लगायतले मन्तव्य राखेका थिए

आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशीलता भन्ने नाराका
साथ आयोजना भएको मेलाले महिलाहरुद्धारा उत्पादित बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री, महिलाहरुबीच
अनुभव आदानप्रदान, महिलाको आत्मवल बढाउने लगायतका उदेश्यहरु राखेको थियो । मेला उदेश्यमा सफल भएको महिला
उद्यमी विकास समितिका अध्यक्ष विन्दु कोइराला सुवेदीले बताइन् ।


यता मेलाको अवसरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा नारी उत्थान महिला समूह प्रथम भयो
। कुल १८ वटा समूहहरुले प्रतिष्पर्धा गरेकोमा दोस्रो स्थान नमूना आमा समूह, तेस्रो स्थानमा विश्वकर्मा
आमा समूह र सात्वना स्थान जाल्पादेवी आमा समूहले प्राप्त ग¥यो ।

विजेता टिमले प्रमाणपत्रसहित क्रमशः२० हजार,१५ हजार १० हजार र ५ प्राप्त गरे । महोत्सव अवधिभर
सहभागी टिममा भने दृष्टिविहीन समूह पहिलो बन्दै नगद २ हजार प्राप्त ग¥यो । दोस्रो स्थान वडा समन्वय
समिति पोखरा –१८ले प्राप्त ग¥यो भने तेस्रो स्थान प्राप्त गर्ने जगदम्बा आमा समूह र सान्त्वना हुने
अनन्त सामुदायिक केन्द्रले क्रमशः१ हजार र ५ सय रुपैयाँ प्राप्त गरे ।


यता मेला अन्तर्गत नै आयोजना गरिएको नेल( नङ) आर्ट प्रतियोगितामा सुनिता गुरुङ पहिलो र
पवित्रा विक दोस्रो भए । हेयर स्टाइलमा पूजा गुरुङ पहिलो, प्रमिला गुरुङ दोस्रो र रिता मगर तेस्रो भए ।
गुरुङ हर्वल ब्यूटी इन्टिच्यूटको व्यस्वस्थापन र वरिफ्लेम कष्मेटिक पश्चिमाञ्चल निर्देशक दीपा केसीको
प्रायोजन रहेको प्रतियोगितका विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाए ।


यसैगरी महोत्सवमा कृतिम फूल बनाउने प्रतियोतितामा सविता पुन पहिलो, गोमा शर्मा दोस्रो,
यसोदा चापागाईँ तेस्रो भइन् । पोखरा मन्टेश्वरी एण्ड मल्टिपल इष्टिच्यूटको प्रायोजन र स्वस्तिक हस्तकला
उद्योगको व्यवस्थापन भएको प्रतियोगिताका विजेताहरुले क्रमशः २ हजार, १५ हजार र १ हजार रुपैयाँ पुरस्कार
प्राप्त गरे ।

फोटो : मेला समापनको अवसरमा नाच्दै सभासद
सारदा पौडेल ।
मेला आयोजक महिला उद्यमी विकास समितिकी अध्यक्ष विन्दु कोइराला सुवेदी सभासद सारदा
पौडेललाई मायाको चिनो प्रदान गर्दै ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने