३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवौं पिस क्रिकेट कप, प्रि–क्वाटरफाइनलको खेल सम्पन्न

२१ भाद्र २०७२, सोमबार १२:०७

भदौ २१, पोखरा । पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप
२०७२ अन्तर्गत सोमवार दुई खेल सम्पन्न भएका छन् । सोमवार भएको पहिलो खेलमा म्याजिक क्लव पोखराले
स्याङ्गजा युनाइटेडलाई ३ विकेटले पारजित गरेको छ भने दोस्रो खेलमा धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गले
पोखरा क्रिकेट एकेडेमीलाई ६६ रनले पराजित गरेको छ ।
पहिलो खेलमा म्याजिक क्रिकेट क्लवले टस जितेर
पहिले बलिङ्ग गर्ने निर्णय गरेको थियो । स्याङ्गजा युनाइटेडले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रनको
योगफल तयार पारेको थियो । उक्त योगफल तयार पार्ने क्रममा स्याङ्गजाका रविले ३४ रन र गोविन्दले ३० रनको
योगदान गरेका थिए । बलिङ्गमा म्याजिकका करन केसीले २ विकेट लिन सफल भए ।
१ सय ३४ रनको लक्ष्य लिएर
मैदामा उत्रेको म्याजिकले राष्ट्रिय खेलाडी समेत रहेका करण के.सी.को विष्फोटक ६० रन, जुगलको २२ रनको
मद्दतले १३.५ ओभरमा उक्त लक्ष्य पार गरेको थियो । स्याङ्गजाका अर्जुन र भीमले २।२ विकेट हात पारे । २
विकेट सहित ६० रन बनाएका करण के.सी.उक्त खेलका म्यान अफ दी म्याच घोषित भए ।
सोमवार नै भएको दोस्रो
खेलमा धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गले टस जितेर व्याटिङ्गको निर्णय गर्दै १८ ओभरमा १ सय ४० रनमा
समेटिन पुगेको थियो । उक्त योगफल तयार पार्ने क्रममा किसनले २२ रन, रोमनले २१ रन बनाएका थिए । पोखरा
क्रिकेट एकेडेमीका विजय रावत, चन्द्र गुरुङ्ग र विष्णुले समान ३।३ विकेट लिन सफल रहे ।
१ सय ४१ को
लक्ष्य पछ्याउने क्रममा १५.४ ओभरमा ७४ रनममा समेटिने क्रममा पोखरा क्रिकेट एकेडेमीका अनुजे २५ रनको
योगदान दिए । बलिङ्गमा धौलागिरीका प्रविन ३ र किसानले ३ विकेट लिएका थिए । धौलागिरीका किसान म्यान अफ दी
म्याच घोषित भए ।
दुवै खेलका म्यान अफ दी म्याचलाई क्लवका सदस्य श्रीराम के.सी. र मुक्तिराम बरालले
ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो खेल
बिहान ९ः१५ बजे अल इन वान क्रिकेट क्लव र लामाचौर क्रिकेट क्लवका बीच र दोस्रो खेल दिउँसो १ः०० बजे
पोखरा क्रिकेट क्लव र स्याङ्गजा युनाइटेड ब्वाइज क्रिकेट क्लवका बीच हुने आयोजक क्लवका सदस्य अनिल
के.सी.ले जानकारी दिए । प्रतियोगिता मालेपाटनको खेल मैदानमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली