2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नवौं पिस क्रिकेट कप, प्रि–क्वाटरफाइनलको खेल सम्पन्न

भदौ २१, पोखरा । पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप
२०७२ अन्तर्गत सोमवार दुई खेल सम्पन्न भएका छन् । सोमवार भएको पहिलो खेलमा म्याजिक क्लव पोखराले
स्याङ्गजा युनाइटेडलाई ३ विकेटले पारजित गरेको छ भने दोस्रो खेलमा धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गले
पोखरा क्रिकेट एकेडेमीलाई ६६ रनले पराजित गरेको छ ।
पहिलो खेलमा म्याजिक क्रिकेट क्लवले टस जितेर
पहिले बलिङ्ग गर्ने निर्णय गरेको थियो । स्याङ्गजा युनाइटेडले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रनको
योगफल तयार पारेको थियो । उक्त योगफल तयार पार्ने क्रममा स्याङ्गजाका रविले ३४ रन र गोविन्दले ३० रनको
योगदान गरेका थिए । बलिङ्गमा म्याजिकका करन केसीले २ विकेट लिन सफल भए ।
१ सय ३४ रनको लक्ष्य लिएर
मैदामा उत्रेको म्याजिकले राष्ट्रिय खेलाडी समेत रहेका करण के.सी.को विष्फोटक ६० रन, जुगलको २२ रनको
मद्दतले १३.५ ओभरमा उक्त लक्ष्य पार गरेको थियो । स्याङ्गजाका अर्जुन र भीमले २।२ विकेट हात पारे । २
विकेट सहित ६० रन बनाएका करण के.सी.उक्त खेलका म्यान अफ दी म्याच घोषित भए ।
सोमवार नै भएको दोस्रो
खेलमा धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गले टस जितेर व्याटिङ्गको निर्णय गर्दै १८ ओभरमा १ सय ४० रनमा
समेटिन पुगेको थियो । उक्त योगफल तयार पार्ने क्रममा किसनले २२ रन, रोमनले २१ रन बनाएका थिए । पोखरा
क्रिकेट एकेडेमीका विजय रावत, चन्द्र गुरुङ्ग र विष्णुले समान ३।३ विकेट लिन सफल रहे ।
१ सय ४१ को
लक्ष्य पछ्याउने क्रममा १५.४ ओभरमा ७४ रनममा समेटिने क्रममा पोखरा क्रिकेट एकेडेमीका अनुजे २५ रनको
योगदान दिए । बलिङ्गमा धौलागिरीका प्रविन ३ र किसानले ३ विकेट लिएका थिए । धौलागिरीका किसान म्यान अफ दी
म्याच घोषित भए ।
दुवै खेलका म्यान अफ दी म्याचलाई क्लवका सदस्य श्रीराम के.सी. र मुक्तिराम बरालले
ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो खेल
बिहान ९ः१५ बजे अल इन वान क्रिकेट क्लव र लामाचौर क्रिकेट क्लवका बीच र दोस्रो खेल दिउँसो १ः०० बजे
पोखरा क्रिकेट क्लव र स्याङ्गजा युनाइटेड ब्वाइज क्रिकेट क्लवका बीच हुने आयोजक क्लवका सदस्य अनिल
के.सी.ले जानकारी दिए । प्रतियोगिता मालेपाटनको खेल मैदानमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई