दलसिंह गिरी/कात्तिक ३०, कालिकोट । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका उपनिर्देशक मान बहादुर कार्कीले राज्यले २ किसिमले मानवअधिकार उलंघन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/कात्तिक ३०, कालिकोट । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका उपनिर्देशक मान बहादुर कार्कीले राज्यले २ किसिमले मानवअधिकार उलंघन "/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राज्य दुई किसिमले मानवअधिकार उलंघन गर्छ: उपनिर्देशक कार्की

२०७३, ३० कार्तिक मंगलवार ०३:०४


दलसिंह गिरी/कात्तिक ३०, कालिकोट । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका उपनिर्देशक मान बहादुर कार्कीले राज्यले २ किसिमले मानवअधिकार उलंघन गर्ने गरेको बताउनु भएको छ । 

ब्यांग्यात्मक तरिकाले बोल्दै राज्यले एउटा काम गरेर मानव अधिकार उलंघन गर्छ र अर्को काम नगरेर मानवअधिकार उलंघन गर्ने गरेको भन्दै यस्तो बताउनु भएको हो ।

जिल्ला सदरमुकाम मान्ममा आयोजित नागरिक संजालको त्रैमासिक समन्वयात्मक बैठकमा बोल्दै कार्कीले राज्य जुन काम गर्ने हो त्यो काम नगरेर मानव अधिकार उलंघन गर्छ भने अर्को नगर्न पर्ने काम गरेर पनि मानव अधिकार उलंघन ग«र्ने गरेको आरोप लगाउनु भएको छ ।

नागरिक संजाल कालिकोटका अध्यक्ष खडानन्द चौलागाईको अध्यक्षतामा बसेको त्रैमासिक बैठकको प्रमुख अथिति समेत रहनु भएका कार्कीले राष्ट्रिय मानव अधिकार आयोग अदालत सो सरहको पावरफुल आयोग भएकाले मानव अधिकार उलंघनका हरेक घटनाबारे आयोग तत्पर रहेको बताउदै हरेक नागरिक समाज, पत्रकारहरुले २४ सैं घण्टा मानव अधिकारका घटनाहरुबारे आफुलाई जानकारी गराउन समेत आग्रह गर्नु भएको छ । 

मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन अनुगमन, कर्नालीका जनताले भोग्दै आयको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता समस्या, गुनासो सुनुवाई कार्यविधि २०७३ कार्यान्वयन, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ कार्यान्वय जस्ता विविध सवालका बारे बसेको बैठकमा कार्यान्वयनका लागि सम्बन्धित निकाय संग पैरवी गरी निश्कर्षमा पुर्याउने निर्णय समेत गरिएको छ ।

बैठकमा विशेष गरी शिक्षा क्षेत्रको प्रभावकारीतामा देखिएका समस्या र चुनौतिबारे छलफल गर्दै  सम्बन्धित निकायलाई कार्यान्वय गराउन दवाव मुलक पैरवी गर्ने निर्णय गरेको छ । बैठकमा हाल विद्यालय क्षेत्रमा खानेपानी, सरसफाई, गुनासो सुनुवाई, विद्यालय अनियमितता जस्ता समस्या रहेको किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालित आधार परियोजनाले प्रतिवेदन प्रस्तुत गरेको छ । 

बैठक नागरिक संजालको अध्यक्षता, आधार परियोजनाको सहयोग र किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी