Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक ३० गते, बिहान ९:१२ बजे
समाज

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक/कात्तिक ३०, इनरुवा । जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आइतबार एक कार्यक्रमको आयोजना गरेर तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरेको कार्यालयका प्रमुख राजकान्त झाले जानकारी दिनुभयो ।

पुरस्कृत हुनेमा देवानगञ्जका तरकारी कृषक देवानन्द मेहता, पकलीका च्याउ कृषक दीपक आचार्य र प्रकाशपुरका मौरीपालक कृषक अर्जुन अधिकारी रहेको कार्यालयले जनाएको छ ।

उनीहरुलाई जनही रु दश हजारका दरले नगद र प्रमाणपत्रसहित सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली र कार्यालयका प्रमुख राजकान्त झाले पुरस्कृत गर्नुभएको थियो । रासस