2026-06-28 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेमगीत “कभर सङ कम्पिटिशन” का लागि “प्रेमगीत” चलचित्र युनिट पोखरामा

पुस ८, पोखरा ।

प्रतिभा खोज्न पोखरा र लेखनाथ विभिन्न कलेज र
विद्यालयमा पुग्दै

नेपाली चलचित्र “प्रेमगीत” युनिट यतिबेला “कभर सङ कम्पिटिशन”
का लागि पोखराका विभिन्न कलेज र विद्यालयमा पुगिरहेको छ । फिल्मको प्रचारका साथै गायन क्षेत्रमा रुची
भएका प्रतिभाहरुको खोजी गर्ने उद्देश्य सहित “प्रेमगीत” चलचित्र युनिटले “कभर सङ कम्पिटिशन” गर्दैछ

देशव्यापी रुपमा प्रतिभाहरुको खोजी गर्ने क्रममा चलचित्र युनिट पोखरा आएको हो । पोखरा आएको
युनिटको टिमले सोमबारसम्ममा पोखरा र लेखनाथका गरि २० भन्दा बढी कलेजमा पुगेर प्रतियोगिताको बारेमा
जानकारी दिदै प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुको नाम पनि संकलन गरेको छ ।

prem geet cover song

घोषित “कभर सङ कम्पिटिशन” को यु ट्युव गीतको भिडियो कलेक्शन सुरु गरे सँगै
निर्माण पक्ष आफैँ विभिन्न कलेजहरुमा पुगिरहेको छ । निर्माण युनिटले फिल्मको कभर सङ “म यस्तो गीत
गाँउछु” को भिडियो सार्वजनिक गर्दै यु ट्युव कभर सङ कम्पिटिशन” पनि घोषणा गरेको थियो

इन्टरनेटमा सबै पहुँच नहुने र प्रतियोगितामा धेरै भन्दा धेरैले सरल रुपमा सहभागिता जनाउन सकुन्
भन्ने उद्देश्यले प्रेम गीत टिम यति बेला पोखरा लगायत लेखनाथका कलेज, विद्यालयहरुमा पुगेको पोखरा आएका
पब्लिसिटी म्यानेजर किरण आचार्यले बताउनु भयो । आचार्यका अनुसारमा पोखरामा रहेको टोलीले अझै एक
हप्तासम्म यँहा कार्यक्रम गर्नेछ भने केहि दिन पछि प्रतियोगिताका लागि इच्छुकहरुलार्ई एकै ठाँउमा राखेर
गीतको भिडियो रेर्कड गरिनेछ ।

“चलचित्र समाजको ऐना भएकाले चलचित्र निर्माण गरेर मात्रै हुँदैन,
यसले समाजमा सकारात्मक सन्देश पनि दिनुपर्छ, चलचित्रको पनि समाज प्रति केहि उत्तरदायित्व रहन्छ, त्यसैले
हामी नँया गायन प्रतिभाहरुको खोजीका लागि हिडिरहेका छौँ ।”—आचार्यले भन्नुभयो । हाम्रो देशमा पनि
प्रतिभा भएका धेरै व्यक्तिहरु छन्, उनीहरुले प्रतिभा देखाउने मौका पाएका छैनन्—आचार्य भन्नु
हुन्छ,—“फिल्म क्षेत्रलाई पनि नँया प्रतिभाको खाँचो हुने हुनाले यो प्रतियोगिता मार्फत त्यस
प्रतिभाहरुलाई हामीले मौका दिनेछौँ ।”

काठमाण्डौँमा कार्यक्रम गरिसकेको “प्रेमगीत” चलचित्र युनिट
अहिले पोखरासँगै धनगढी, इटहरी, धरान, विराटनगर लगायतका शहरमा पुगेको पनि आचार्यले जानकारी दिनुभयो ।
विभिन्न विद्यालय र कलेजहरुमा पुग्दा आफूहरुले अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएको भन्दै आचार्यले
प्रतियोगितामा धेरै भन्दा धेरेको सहभागिता रहने र यसले सकारात्मक असर पार्ने सक्छ भन्ने संकेत मिलेको
बताउनु भयो ।

“कभर सङ कम्पिटिशन” विजेतालाई एक लाख नगद पुरस्कार सहित आगामी चलचित्रमा पाश्र्व
गायनको मौका दिने चलचित्र युनिटले जनाएको छ । यस्तै टप टेन प्रतियोगिलाई स्मार्ट फोन र वैदेशिक शिक्षाका
लागि छात्रवृत्ति दिइनेछ ।

आउँदो प्रेम दिवसको अवसरमा प्रदर्शन हुने चलचित्र प्रमे गीतको शीष गीत
दर्शकले अत्याधिक मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी