२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेमगीत “कभर सङ कम्पिटिशन” का लागि “प्रेमगीत” चलचित्र युनिट पोखरामा

८ पुष २०७२, बुधबार १०:४३

पुस ८, पोखरा ।

प्रतिभा खोज्न पोखरा र लेखनाथ विभिन्न कलेज र
विद्यालयमा पुग्दै

नेपाली चलचित्र “प्रेमगीत” युनिट यतिबेला “कभर सङ कम्पिटिशन”
का लागि पोखराका विभिन्न कलेज र विद्यालयमा पुगिरहेको छ । फिल्मको प्रचारका साथै गायन क्षेत्रमा रुची
भएका प्रतिभाहरुको खोजी गर्ने उद्देश्य सहित “प्रेमगीत” चलचित्र युनिटले “कभर सङ कम्पिटिशन” गर्दैछ

देशव्यापी रुपमा प्रतिभाहरुको खोजी गर्ने क्रममा चलचित्र युनिट पोखरा आएको हो । पोखरा आएको
युनिटको टिमले सोमबारसम्ममा पोखरा र लेखनाथका गरि २० भन्दा बढी कलेजमा पुगेर प्रतियोगिताको बारेमा
जानकारी दिदै प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुको नाम पनि संकलन गरेको छ ।

prem geet cover song

घोषित “कभर सङ कम्पिटिशन” को यु ट्युव गीतको भिडियो कलेक्शन सुरु गरे सँगै
निर्माण पक्ष आफैँ विभिन्न कलेजहरुमा पुगिरहेको छ । निर्माण युनिटले फिल्मको कभर सङ “म यस्तो गीत
गाँउछु” को भिडियो सार्वजनिक गर्दै यु ट्युव कभर सङ कम्पिटिशन” पनि घोषणा गरेको थियो

इन्टरनेटमा सबै पहुँच नहुने र प्रतियोगितामा धेरै भन्दा धेरैले सरल रुपमा सहभागिता जनाउन सकुन्
भन्ने उद्देश्यले प्रेम गीत टिम यति बेला पोखरा लगायत लेखनाथका कलेज, विद्यालयहरुमा पुगेको पोखरा आएका
पब्लिसिटी म्यानेजर किरण आचार्यले बताउनु भयो । आचार्यका अनुसारमा पोखरामा रहेको टोलीले अझै एक
हप्तासम्म यँहा कार्यक्रम गर्नेछ भने केहि दिन पछि प्रतियोगिताका लागि इच्छुकहरुलार्ई एकै ठाँउमा राखेर
गीतको भिडियो रेर्कड गरिनेछ ।

“चलचित्र समाजको ऐना भएकाले चलचित्र निर्माण गरेर मात्रै हुँदैन,
यसले समाजमा सकारात्मक सन्देश पनि दिनुपर्छ, चलचित्रको पनि समाज प्रति केहि उत्तरदायित्व रहन्छ, त्यसैले
हामी नँया गायन प्रतिभाहरुको खोजीका लागि हिडिरहेका छौँ ।”—आचार्यले भन्नुभयो । हाम्रो देशमा पनि
प्रतिभा भएका धेरै व्यक्तिहरु छन्, उनीहरुले प्रतिभा देखाउने मौका पाएका छैनन्—आचार्य भन्नु
हुन्छ,—“फिल्म क्षेत्रलाई पनि नँया प्रतिभाको खाँचो हुने हुनाले यो प्रतियोगिता मार्फत त्यस
प्रतिभाहरुलाई हामीले मौका दिनेछौँ ।”

काठमाण्डौँमा कार्यक्रम गरिसकेको “प्रेमगीत” चलचित्र युनिट
अहिले पोखरासँगै धनगढी, इटहरी, धरान, विराटनगर लगायतका शहरमा पुगेको पनि आचार्यले जानकारी दिनुभयो ।
विभिन्न विद्यालय र कलेजहरुमा पुग्दा आफूहरुले अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएको भन्दै आचार्यले
प्रतियोगितामा धेरै भन्दा धेरेको सहभागिता रहने र यसले सकारात्मक असर पार्ने सक्छ भन्ने संकेत मिलेको
बताउनु भयो ।

“कभर सङ कम्पिटिशन” विजेतालाई एक लाख नगद पुरस्कार सहित आगामी चलचित्रमा पाश्र्व
गायनको मौका दिने चलचित्र युनिटले जनाएको छ । यस्तै टप टेन प्रतियोगिलाई स्मार्ट फोन र वैदेशिक शिक्षाका
लागि छात्रवृत्ति दिइनेछ ।

आउँदो प्रेम दिवसको अवसरमा प्रदर्शन हुने चलचित्र प्रमे गीतको शीष गीत
दर्शकले अत्याधिक मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली