३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा जेसीज वर्ष २०१६ कार्यसमितिको पदस्थापन

२० पुष २०७२, सोमबार ०९:४६

पुस, पोखरा । पोखरा जेसीज वर्ष २०१६ कार्यसमितिको पदस्थापन गराईएको छ । हालै
निर्वाचित पोखरा जेसीजका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल जेसीजका अध्यक्षको समुपस्थितिमा शुक्रबार
पदस्थापन गराईएको हो ।

पोखरा जेसिजका वर्ष २०१५ का अध्यक्ष
छविलाल सुवेदीले वर्ष २०१६ का अध्यक्ष गोविन्दप्रसाद देवकोटालाई जेसीजको विधान बमोजिम सपथ गराउँदै
अध्यक्षको चेन हस्तान्तरण गरेका थिए । यस्तै, अध्यक्ष देवकोटाले कार्यसमितिका पदाधिकारीहरुलाई सपथ खुवाए

jci pokhara

पोखरा जेसिजमा वर्ष २०१६ का लागि कानुनी सल्लाहकार
शिवप्रसाद कोईराला, कार्यकारीणी उपाध्यक्ष शिव सुवेदी, महासचिव सन्तोष शाही, कोषाध्यक्ष शिवप्रसाद
सापकोटा, सचिव मीनराज खड्का, सहकोषाध्यक्ष नारायण खनाल, उपाध्यक्षहरुमा यज्ञपुरुष रिजाल, अनन्त
प्रधानाङ्ग, महेन्द्र सापकोटा र विनोद भुजेल छन् । चार निर्देशकहरुमा शक्ति बरुवाल, प्रकाश घिमिरे,
दिपेन्द्र बस्ताकोटी र अशोक पौडेल छन् । यस्तै, थिम डाईरेक्टरमा शालिकराम गिरी, लोम ईडिटरमा छविलाल
पौडेल, मोनिटरिङ चेयरपर्सन अमृत बास्तोला, ग्रोथ चेयरपर्सन शिवराज घिमिरे, ट्रेनिङ पुल चेयरपर्सन सुवास
सुवेदी, ट्रेनिङ प्राक्टिस कोओर्डिनेटर मोहनप्रसाद अधिकारी, पब्लिक रिलेशन अफिसर नविन थापा, फ्राईडे
ओराटरी कोओर्डिनेटर मोहन थापा, मिडिया रिलेशन अफिसर रञ्जन अधिकारी हुन् । यसैगरी, एलबीएन चेयरपर्सन
बसन्त रेग्मी, ईन्टर लोम कोओर्डिनेटर छविलाल पनेरु, अवार्ड प्रमोशन चेयरपर्सन रोशन भट्टराई, मेम्बर
कोओर्डिनेशन चेयरपर्सन भाइराज रानामगर, फण्ड राईजिङ चेयरपर्सन सुवास अधिकारी, ईभेन्ट मेनेजमेन्ट
कोओर्डिनेटर बद्रीनाथ आचार्य, फेलोसिप कोओर्डिनेटर दुर्योधन खड्का, एनजिओ÷आईएनजिओ कोओर्डिनेटर गणेश
गिरी, सेक्रेटरियल म्यानेजमेन्ट कोओर्डिनेटर शिव केसी, एलआरपिसी रविन्द्र गुरुङ, बोर्ड सल्लाहकार
दीपेन्द्र पहारी र अध्यक्षीय सल्लाहकारमा किरण केसी छन् ।

वर्षभरको योजना सुनाउँदै अध्यक्ष देवकोटाले सबैको सहमतिमा आफु पदमा पुगेकाले सबैको भावनालाई
कदर गर्दै सल्लाहसुझावलाई शिरोपर गरी अघि बढ्ने प्रतिबद्धता जनाए । उनले मिस पोखरालाई निरन्तरता दिने,
फलदायी तालिमहरुको आयोजना गर्ने, समाजमा सकारात्मक प्रभाव पार्ने विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै
विगतमा गरिँदै आएका कार्यहरुलाई आफू नेतृत्व समितिले निरन्तरता दिने बचनवद्धता प्रकट गरे । निवर्तमान
अध्यक्ष छवि सुवेदीले वर्षभरको समीक्षा गर्दै आफुले मिस पोखरालाई निरन्तरता दिन सफल भएको र विभिन्न
तालिम आयोजना सफलता पुर्वक गरेकाले आफ्नो समितिका सबै पदाधिकारी सदस्यप्रति आभार प्रकट गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका अध्यक्ष जेसिआई सिनेटर जगत
पोखरेलले पोखरा जेसीज सबै शाखाहरुमध्ये एक उत्कृष्ट र नेतृत्वदायी शाखा रहेको जनाउँदै हरेक वर्षका
गतिविधिहरु पृथक र स्मरणयोग्य रहेकाले यस वर्षको टिम पनि अझै बढि सफल रहने विश्वास व्यक्त गरे । ‘जिल्ला
शाखाहरुमा पर्याप्त तालिम हुन सकेका छैनन् , फण्डको अभाव छ।’ उनले भने– ‘अब केन्द्रसँग समन्वय गर्दै सबै
युवाहरु एकजुट भएर जेसीजको अभियानमा जुट्नुछ ।’

सो अवसरमा बीमा
समितिका अध्यक्ष प्रा. डा. फत्तबहादुर केसीले पोखरा जेसीजमा विभिन्न क्ष्ोत्रका सृजनशील, प्रतिभावान
युवाहरु आबद्ध भएको देख्दा धेरै खुशी लागेको बताए । पुर्व अध्यक्षहरुका तर्फबाट बसन्त उदासले जेसिजको
मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा ब्यास नगर जेसीजका अध्यक्ष माधव न्यौपाने, लेखनाथ जेसीजका अध्यक्ष विनोद लामिछाने,
मिस पोखरा २०१५ सविना राना भुजेललगायतले बोलेका थिए । पोखरा जेसीजका महासचिव सन्तोष शाहीले संचालन गरेको
कार्यक्रममा निर्देशक यज्ञपुरुष रिजालले आस्थापाठ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली