2026-09-20 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जिल्ला अदालतको ६ करोड बेरुजु

महेन्द्र केसी पर्वत । जिल्ला अदालत पर्वतको ६ करोड बेरुजु रकम फछ्यौट हुन बाँकी रहेको छ । विभिन्न अपराधमा कसुर ठहरि दण्ड जरिवाना सजाय तोकिएकाहरुबाट अदालतले ६ करोड ५२ लाख ७८ हजार ५ सय ५५ पैसा फछ्यौट गर्न बाँकी रहेको छ । गत बर्षको जिम्मेवारी सरी आएको ६ करोड ४९ लाख १७ हजार ६५ रुपैयाँ ५५ पैसा  र यस बर्षको ३ लाख ६१ हजार ४ सय ३५ रुपैयाँ रकम गरी जम्मा लगत ६ करोड ५८ लाख २३ हजार ७ सय ८६ रुपैयाँ मध्ये ५ लाख ४५ हजार २ सय ८६ रुपैयाँ मात्र फछ्यौट भएको जिल्ला अदालत पर्वतले जनाएको छ । मंगलबार जिल्ला अदालतमा पत्रकार सम्मेलन गर्दै अदालतले उक्त जानकारी दिएको हो ।
जिल्ला अदालतले कसुर सावित गरेका २ सय ६४ जना अझै फरार रहेका छन् । जिल्लामा रहेका विभिन्न संयन्त्र प्रयोग गरी जरिवाना मात्रै कसुर  लागेका ७३ र यस बर्ष २ जना गरी ७५ जनाबाट असुल गरेको बताएको छ । त्यस्तै कैद तर्फ जिम्मेवारी सरी आएको ७ सय ८ बर्ष २ महिना १८ दिन कैदमा ४५ बर्ष ११ महिना १५ दिन र यस बर्षको ४१ बर्ष ९ महिना ५ दिनमा ४० बर्ष ८ महिना २० दिनको फछ्यौट भएको जिल्ला अदालतका न्यायधिस महोनराज भट्टराईले जानकारी दिए । उनका अनुसार कैद लगत ७ सय ४९ बर्ष ११ महिना २३ दिनमा ८६ बर्ष ८ महिना ३ दिन फछ्यौट भइसकेको छ भने ६ सय ६३ बर्ष ३ महिना १८ दिन अझै फछ्यौट गर्न बाँकी रहेको छ ।
जिल्ला अदालतमा गत बर्ष जिम्मेवारी थप भएका ५९ मध्ये ३९ फछ्यौट भएको छ भने यस बर्षका ८७ मुद्धा मध्ये ३९ मुद्धा फछ्यौट भइसकेका छन् । भने लगतमा १ सय ४६ मुद्धामा ७८ फछ्यौट र ६८ बाँकी रहेको अदालतले जनाएको छ ।  अदालतका अनुसार लगातार सुनुवाइ हुने मुद्धामध्ये  थुनुवा मुद्धा ४ रहेको छ भने पुनरावेदनबा २ र १ रिट परेको छ जसका लागि ७ जना थुनुवाको संख्या रहेको अदालतले जनाएको छ ।
अदालतले गत बर्षको जिम्मेवारी सरेका १२ निवेदनमध्ये ६ वटा फछ्यौट गरेको जनाएको छ भने यस बर्षको २१ लगतमा ६ फछ्यौट भएको जनाएको छ । जसमा  फैसला कार्यान्वयन तर्फ लगतमा ३३ मध्ये १२ फछ्यौट भएको अदालतले जनाएको छ ।
जिल्ला न्यायधिसले बढिमा एक बर्ष र न्यूनतम हप्ता र महिना दिनमा मुद्धा फैसला हुने गरेको बताए । जिल्ला बन कार्यालय र जिल्ला प्रशासन विरुद्ध समेत मुद्धा परेको उनको तर्क छ । के विषयमा मु्द्धा परेको भन्ने विषयमा भने खुलाएनन् ।  जिल्लामा सम्बन्ध विच्छेदका घटनाहरु बढेको पाइएको छ । जिल्ला अदालतका अनुसार पर्वतमा  अंशबण्डा र सम्बन्ध विच्छेदमा ३३ र सम्बन्ध विच्छेद मात्रका १२ गरी ४५ वटा मुद्धा दर्ता भएको जनाएको छ । जसमा सम्बन्ध विच्छेदका मुद्धा बढि रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो