2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रजातान्त्रिक विचार ससससमाजको अध्यक्षमा डा. शर्मा

पुस, पोखरा ।  प्रजातान्त्रिक विचार समाज पोखराको नयाँ
कार्यसमितिको अध्यक्षमा डा. गिरधारी शर्मा निर्विरोध रुपमा चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा विन्दु
पौडेल, सचिव तुलसी खनाल, सहसचिव ब्रिजेन्द्र केसि,कोषाध्यक्ष शिशुकला पौडेल चयन हुनुभएको छ । सदस्यमा
रमेश पौडेल, अभधेश सिंह, वीरबहादुर कार्की, ऋषिराम सापकोटा, रोहितराज बास्तोला, डा. कृष्ण भण्डारी,
सुन्दरकुमार श्रेष्ठ, जगन्नाथ रेग्मी, आनन्दमणि रिजाल र जीता बराल चयन हुनुभयो ।
girdhari sharma

समाजको सातौ अधिवेसन उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले
संविधान राम्रो भए पनि कार्यान्वयनका पक्ष जटिल भएको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक डा. यज्ञ
अधिकारीले नेपालको संविधानका अन्तरबस्तु र सामाजिक न्याय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो

कार्यपत्रमा संविधानले ग्यारेण्टी गरेका मौलिक हक धेरै भएको तर कर्तव्यका बारेमा थोरैमात्र उल्लेख
गरिएकोले संविधान कार्यान्वयन पक्ष जटिल भएको औल्याउनुभयो ।
संविधानमा हरेक जातजाति वर्ग समुदायका
लागि अधिकारको व्यवस्था गरिएकोले यो संविधानलाई सामाजिक र न्यायमैत्री भन्न सकिने डा. अधिकारीको
कार्यपत्रमा उल्लेख छ , साथै सामाजिक न्यायका बारेमा बुझाउन नसक्दा मधेसमा आन्दोलन भएको उहाँले स्पष्ट
समेत पार्नुभयो ।

कार्यक्रममा अधिवक्ता रत्नजंग कार्कीले संविधानमा रहेका प्रावधान वर्तमान
सरकारले मन्त्रीमण्डल ४० सदस्यीय बनाएर यसको खिल्ली उडाएको बताउनुभयो ।

कार्यक्रममा समाजका
केन्द्रीय सदस्य प्रा.डा.वेदनाथ शर्मा, काँग्रेस नेता सोभियतबहादुर अधिकारी, प्रेस युनियनका केन्द्रीय
उपाध्यक्ष रमेश पौडेल, प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. यमनाथ तिमिल्सिना,
पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघका इकाइ सभापति कमल पौडेल , डीएलए कास्कीका अध्यक्ष कृष्णप्रसाद
तिमिल्सिना, पश्चिमाञ्चल ईन्जिनियरिङ् क्याम्पस ईकाइका अध्यक्ष रमेश बास्तोला, वन विज्ञान अध्ययन
संस्थाका डीन चिरञ्जीवी उपाध्याय, समाजका सल्लाहकार डा.पदमशरण रेग्मी, हेडम्बप्रसाद कोइराला, लगायतले
संविधान कार्यान्वयन गर्न प्रजातान्त्रिक विचार समाजले विचार प्रवाहका लागि काम गर्नुपर्ने बताउनुभयो

संस्थाका अध्यक्ष डा. बासुदेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ‘विचार प्रवाह’ स्मारिका
समेत लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई