2026-06-29 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिसीईएस आई. टी महोत्सबको तयारी पुरा

पुस २३,
पोखरा ।
पोखराको लामाचौरमा हुने छैटौं जि सी ई एस आई. टी महोत्सबको तयारी पुरा भएको छ । गण्डकी
कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्स को आयोजनामा यहि पुसको २४ र २५ गते हुने महात्सबको तयारी पुरा भएको
आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

महात्सबको उद्घाटन
नेपाल सरकारका प्रबक्ता एवं सुचना तथा सञ्चारमन्त्री शेरधन राईले गर्नुहुनेछ । पत्रकार सम्मेलनमा कलेजका
प्राचार्य रवीप्रसाद बरालले नेपालमा बिशुद्ध रुपमा आई।टीको अध्ययन गराउने एक मात्र कलेज गण्डकी कलेज अफ
ईन्जिनियरिङ्ग एण्ड साईन्स रहेको जानकारी दिदै बदलिदो विश्वमा जुनसुकै काम गर्दा पनि आई।टीको आवश्यकता
पर्ने भएकाले महोत्सव महत्वपूर्ण हुने बताउनुभयो । सन १९९८ मा पोखरा विश्वविद्यालयको स्थापना लगत्तै
गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्समा आईटीको पढाई शुरु गरेको जानकारी दिदै बरालले सूचना
प्रविधिको विकासले पोखरा र नेपाललाई नै डिजिटलमा बदल्न सकिने उल्लेख गर्नुभयो । यसअघि कलेजले सन २००६,
२०११, २०१३ र २०१४ मा आईटी महोत्सव गरेको थियो ।

यसपटक हुन लागेको छैटौं महोत्सबमा करिब ५ हजार दर्शकले अवलोकन गर्ने
अनुमान गरिएको छ भने करिब ४ लाख खर्च लाग्ने कलेजले जनाएको छ । नेपाललाई सुहाउदो सूचना प्रविधि,
सक्प्यूटर सफ्टवेयर र यसले नेपाल निर्माणमा खेल्नसक्ने भूमिकाबारे विद्यार्थी, व्यवसायी, नीति
नियमकर्ता, सामाजिक नेतृत्वकर्ता र सर्वसाधारणमाझ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव गर्न
लागिएको हो । यूनाईटेड थ्रु आईटी भन्ने नारासहित हुने महोत्सबमा सफ्टवेयर प्रर्दशनीसँगै राष्ट्रव्यापी
कलेजस्तरीय सफ्टवेयर प्रतियोगिता, उच्च माविस्तरीय निबन्ध लेखन प्रतियोगिता, विद्यालयस्तरीय वेव
कम्पीटिसन, लाईभ कन्सर्ट लगायतका कार्यक्रम हुने महात्सब मुल आयोजक समितीका अध्यक्ष आमुद बास्तोलाले
जानकारी दिनुभयो ।

विभिन्न प्रतियोगिताका विजेता उपविजेताहरुलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ । महोत्सवमा
कलेजका बिद्यार्थी बिराज भण्डारीद्धारा निर्मीत ब्याट्रीबाट चल्ने साईकल ‘गंगारानी’ को सार्बजनिक गरिने
कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ