२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा सांसद अधिकारीद्वारा झोलोङ्गे पुल शिलान्यास

२३ पुष २०७२, बिहीबार १२:२३

rabindra Adhikari

पोखरा, २३ पुस । पोखरा उपमहानगरपालिका वडा नं २४
कृष्तीनाच्ने चौरको दम्सादीबाट उपमहानगरपालिकाको वडा नं १७ स्थित पहलतरा जोड्ने फुस्रे खोलामा माथि
झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

पुलको अभावमा वर्षौंदेखि
लगभग डेढ घण्टा पैदल हिड्न बाध्य कृष्तिनाच्ने चौर, निर्मलपोखरी लगायत स्थानका स्थानीयवासी सो पुल
निर्माण सम्पन्न भए पछि भने १० मिनेटमा आवतजावत गर्न सक्ने भएका छन् ।

सस्पेन्सन ब्रीज डिभिजन कार्यालयद्वारा एक करोड २२ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गर्न
लागिएको दुई सय ७६ मिटर लम्बाईको पुलको एक कार्यक्रमकाबीच व्यवस्थापिका संसद विकास समितिका सभापति
रविन्द्र अधिकारीले आज शिलान्यास गर्नुभयो ।

कार्यक्रममा उहाँले
पोखराको नजिक रहेर पनि पुलको अभावमा ओझेलमा परेको यस क्षेत्रको विकास आगामी दिनमा बढेर जाने विश्वास
व्यक्त गर्नुभयो । प्रचुर पर्यटकीय सम्भावना बोकेको यस स्थानको विकासका साथै आसपासका कास्कीको
निर्मलपोखरी, स्याङ्जाको पौवै गौंडे, टक्सार, फेदीखोला लगायतका स्थानका सर्वसाधारणका लागि पनि पुल
अत्यन्त उपयोगी हुने उहाँले बताउनुभयो ।

पोखरा विमानस्थल
शिलान्यास आगामी माघ १६ गते हुने गरी तयारी भैरहेको बताउँदै सभापति अधिकारीले विकास निर्माणमा सबै
राजनीतिक दलको सामुहिक प्रतिवद्धता र सहयोग आवश्यक हुने धारणा राख्नुभयो ।

पोखरा र यस आसपासका क्षेत्रको विकासका लागि उत्तरमा केरला नाकादेखि दक्षिणमा सुनौलीलाई
जोड्नुपर्नेमा उहाँको जोड थियो । झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष तारानाथ आचार्यले पुलकै अभावमा
लामो समयदेखि पिडामा रहेका सर्वसाधारणलाई पुल निर्माण हुने कुराले अत्यन्त उत्साहित बनाएको धारणा
राख्नुभयो ।

झोलुङ्गे पुल निर्माणका लागि हेमकुमार श्रेष्ठ,
वेदनाथ आचार्य र भीमलाल आचार्यले आवश्यक जग्गा उपलब्ध गराउनुभएको थियो । सस्पेन्सन ब्रीज डिभिजन
कार्यालयका डि.ई कुमार थापा,स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरािलका कार्यालयका
कार्यकारी अधिकृत झलकराम अधिकारी, एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, नेकपा एमालेका सचिवालय
सदस्इ तेजनारायण अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं ३ का सचिव रघुनाथ पराजुली, नेपाल पत्रकार महासंघका
केन्द्रीय सदस्य शुक्ष्मा पौडेल, निर्माण व्यवसायी ओम गौचन, उपभोक्ता समितिका सल्लाहकार इन्द्रमणि
आचार्य लगायतले झोलुङ्गे पुलको निर्माणसँगै यस क्षेत्रमा वासोवास गर्ने कृषक, अध्ययनरत विद्यार्थी,
कर्मचारी लगायतलाई निकै सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ