२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा सांसद अधिकारीद्वारा झोलोङ्गे पुल शिलान्यास

२०७२, २३ पुष बिहीबार १२:२३

rabindra Adhikari

पोखरा, २३ पुस । पोखरा उपमहानगरपालिका वडा नं २४
कृष्तीनाच्ने चौरको दम्सादीबाट उपमहानगरपालिकाको वडा नं १७ स्थित पहलतरा जोड्ने फुस्रे खोलामा माथि
झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

पुलको अभावमा वर्षौंदेखि
लगभग डेढ घण्टा पैदल हिड्न बाध्य कृष्तिनाच्ने चौर, निर्मलपोखरी लगायत स्थानका स्थानीयवासी सो पुल
निर्माण सम्पन्न भए पछि भने १० मिनेटमा आवतजावत गर्न सक्ने भएका छन् ।

सस्पेन्सन ब्रीज डिभिजन कार्यालयद्वारा एक करोड २२ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गर्न
लागिएको दुई सय ७६ मिटर लम्बाईको पुलको एक कार्यक्रमकाबीच व्यवस्थापिका संसद विकास समितिका सभापति
रविन्द्र अधिकारीले आज शिलान्यास गर्नुभयो ।

कार्यक्रममा उहाँले
पोखराको नजिक रहेर पनि पुलको अभावमा ओझेलमा परेको यस क्षेत्रको विकास आगामी दिनमा बढेर जाने विश्वास
व्यक्त गर्नुभयो । प्रचुर पर्यटकीय सम्भावना बोकेको यस स्थानको विकासका साथै आसपासका कास्कीको
निर्मलपोखरी, स्याङ्जाको पौवै गौंडे, टक्सार, फेदीखोला लगायतका स्थानका सर्वसाधारणका लागि पनि पुल
अत्यन्त उपयोगी हुने उहाँले बताउनुभयो ।

पोखरा विमानस्थल
शिलान्यास आगामी माघ १६ गते हुने गरी तयारी भैरहेको बताउँदै सभापति अधिकारीले विकास निर्माणमा सबै
राजनीतिक दलको सामुहिक प्रतिवद्धता र सहयोग आवश्यक हुने धारणा राख्नुभयो ।

पोखरा र यस आसपासका क्षेत्रको विकासका लागि उत्तरमा केरला नाकादेखि दक्षिणमा सुनौलीलाई
जोड्नुपर्नेमा उहाँको जोड थियो । झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष तारानाथ आचार्यले पुलकै अभावमा
लामो समयदेखि पिडामा रहेका सर्वसाधारणलाई पुल निर्माण हुने कुराले अत्यन्त उत्साहित बनाएको धारणा
राख्नुभयो ।

झोलुङ्गे पुल निर्माणका लागि हेमकुमार श्रेष्ठ,
वेदनाथ आचार्य र भीमलाल आचार्यले आवश्यक जग्गा उपलब्ध गराउनुभएको थियो । सस्पेन्सन ब्रीज डिभिजन
कार्यालयका डि.ई कुमार थापा,स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरािलका कार्यालयका
कार्यकारी अधिकृत झलकराम अधिकारी, एनेकपा माओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, नेकपा एमालेका सचिवालय
सदस्इ तेजनारायण अधिकारी, नेपाली काँग्रेस क्षेत्र नं ३ का सचिव रघुनाथ पराजुली, नेपाल पत्रकार महासंघका
केन्द्रीय सदस्य शुक्ष्मा पौडेल, निर्माण व्यवसायी ओम गौचन, उपभोक्ता समितिका सल्लाहकार इन्द्रमणि
आचार्य लगायतले झोलुङ्गे पुलको निर्माणसँगै यस क्षेत्रमा वासोवास गर्ने कृषक, अध्ययनरत विद्यार्थी,
कर्मचारी लगायतलाई निकै सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा