२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नामार्जुङबासीको चिन्ता–साना योजनाले बिकास भएन

२४ पुष २०७२, शुक्रबार १०:३७

पुस २४, कास्की । कास्कीको नामार्जुङ गाविसका नागरिकहरुले
ठूला योजना नबनाएकाले गाउँको बिकास हुन नसकेको बताएका छन् । सानासाना योजनामा मात्रै हाम्रो ध्यान गयो,
उनीहरु भन्छन्–ठूला योजना बनाउन कसैले सिकाएनन् पनि, अहिले सरकारले पठाएको बजेटबाट देखिने गरी एउटै
योजना पनि छैन ।

गाविसमा आएका बजेटजति कनिका छरेझैं छरेकै कारण उपलब्धी नदेखिएको स्थानीय देवीजंग
गुरुङ बताउँछन् । यहाँका नागरिकहरु थोरै रकममा पनि लुछाचुँडी गर्छन्, उनले गुनासो गरे–१०/१२ लाख
रुपैयाँको बजेट सय भन्दा बढी योजनामा छुट्याउनुपर्छ । आगामी दिनमा राम्रा र ठूला योजनामा बजेट विनियोजन
गर्न उनले आग्रह समेत गरेका छन् । गाविस सचिव शिवप्रसाद पनेरु पनि साना योजना सञ्चालनमा समस्या परेको
बताउँछन् । परिषद्का बेला साना योजनामा पनि बजेट विनियोजन हुन्छ, उनले भने–कार्यान्वयन गर्ने बेला थोरै
बजेट भनेर योजना सम्झौता गर्नै आउँदैनन् ।

pokhara

यस्तै स्थानीयहरुले जिम्मेवार
ब्यक्तिहरुमा स्थानीय निकायको निर्देशिका जानकारी नभएकाले पनि टुक्रे योजनामा बजेट विनियोजन भएको गुनासो
गरेका छन् । नामार्जुङकै राम गुरुङले राजनीतिक दल र वडा नागरिक मञ्चका पदाधिकारीलाई नै निर्देशिका
जानकारी नहुँदा योजना छनौट अन्यौलपूर्ण भएको बताए ।

गाउँ विकास समितिको २४ औं परिषद् तथा चालू
बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाविसको भवन नहुँदा सेवाग्राही मारमा परेका,
पर्यटकीय क्षेत्रको विकास र विस्तार हुन नसकेको लगाएतका गुनासो गरे । जवाफमा गाविस सचिव शिवप्रसाद
पनेरुले गाविस भवन निर्माणको चरणमा रहेकाले छिट्टै सम्पन्न हुने जानकारी दिएका छन् । यस्तै पर्यटन
विकासका लागि पनि तल्लो तहबाटै योजना माग हुनुपर्ने उनको सुझाव छ ।

हामीले माथीबाट योजना हाल्नै
होईन, उनले भने–नागरिकहरुले बस्ती र वडाबाट योजना पठाउँदैमा पर्यटन लक्षित योजनाहरु प्राथमिकतामा पारे
बजेट विनियोजन गर्न सजिलो हुन्छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका
थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आगामी दिनमा गाविसको आन्तरिक श्रोत बृद्धी र
निर्देशिका अनुसार ठूला योजना छनौट गर्ने प्रतिबद्धता जनाए ।

नामार्जुङ गाउँ विकास समितिले
बिहिबार २४ औं परिषद् समेत सम्पन्न गरेको छ । २४ औं परिषद्बाट आगामी आर्थिक बर्ष २०७३÷७४ मा सञ्चालन
हुने गरी ४५ लाख रुपैयाँको योजना पारित गरेको गाविस सचिव पनेरुले जानकारी दिए । चालू बर्षको संशोधित
योजनाको बारेमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ