१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिर्जना फाइनान्स सर्वोत्कृष्ट करदाता

२ मंसिर २०७३, बिहीबार ०३:२१

मङ्सिर २, विराटनगर । विराटनगर उपमहानगरपालिका–८ स्थित प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय लहान, सिरहाले सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ । 

‘पाँचौँ कर दिवस २०७३’ को अवसरमा बुधबार लहानमा एक कार्यक्रमबीच प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सिर्जना फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशङ्कर चापागाईं र व्यावसायिक विशेषज्ञ सञ्चालक डा प्रमोदकुमार झालाई सम्मानित गरेको सो कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

मोरङ, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको सिर्जना फाइनान्सले २०७३ साल असोज मसान्तसम्म निक्षेप रु दुई अर्ब ४३ करोड सङ्कलन गरी कर्जा रु दुई अर्ब १४ करोड लगानी गरेको छ । २०७४ साल असार मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र थप १६ शाखा खोल्ने लक्ष्य रहेको सो विज्ञप्तिमार्फत फाइनान्सका सञ्चालक सुवास आचार्यले जनाउनुभएको छ । 

२०७३ असार मसान्तको मुनाफावाट ५२.६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको सिर्जना फाइनान्सले आगामी वर्षसम्मको नाफाबाट बोनस सेयर जारी गर्दै २०७५ असार मसान्तभित्र चुक्तापुजी रु ८० करोड पूरा गरी राष्ट्रियस्तरको फाइनान्स कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत चापागाईंले जनाउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो