२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘योजना सम्झौता अभियान’, नेपालमै पहिलो

२०७३, २ मंसिर बिहीबार ०३:५२

मङ्सिर २, खोटाङ । गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ । 

आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाको सम्झौता गर्ने प्रचलनले जिल्लामा सञ्चालित अधिकांश योजना अधुरो रहने तथा सम्पन्न भएका योजना पनि गुणस्तरहीन हुने भएकाले त्यसलाई अन्त्य गर्दै गुणस्तरीय र छिटो विकास गर्ने उद्देश्यले एकमहिने सम्झौता अभियान थालिएको हो । 

योजना सम्झौतामा गरिने ढिलाइ र निर्माणका काममा हुने अधुरोपनालाई नियन्त्रण गर्न यही मङ्सिर मसान्तसम्म एकमहिने अभियान सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । “ढिला सम्झौता गर्नाले जिल्लाबाट करोडौँ बजेट फिर्ता हुने गरेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा त्यस्तो हुन नदिन अभियान थालेका हौँ ।” 

सम्झौता अभियान सफल पार्न जिल्लामा सञ्चालित सबै सञ्चारमाध्यमार्फत सूचना तथा सन्देश प्रकाशन÷प्रसारण सुरु गरिएको छ । एकमहिने अभियानका क्रममा पूर्वाधार विकास, सिँचाइ, नदी नियन्त्रण, विद्युत् विस्तार लगायतका योजनामा उपभोक्ता समितिसँग सम्झौता गरिने जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो । 

विगत वर्षमा जेठ÷असारमा मात्र योजना सम्झौता गरेर काम थालनी गर्दा गुणस्तरहीन निर्माण तथा ठूलो मात्रामा बजेट फ्रिज हुने गरेको थियो । जिविसले सञ्चालन गरेको सम्झौता अभियानले निर्माण उपभोक्ता समिति तथा सरोकारवाला निकायको ध्यान यसैतर्फ केन्द्रित भएको छ । 

गत वर्षदेखि सुरु गरिएको अभियान नेपालमै पहिलो भएको जिविस खोटाङले दाबी गरेको छ । जिविसले गत वर्ष मङ्सिर २० देखि पुस २० गतेसम्म एकमहिने अभियान सञ्चालन गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ