Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मन्त्री पाण्डेद्वारा पुल शिलान्यास

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २, चितवन । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले पर्यटकीय दृष्टिले महत्वपूर्ण माडी क्षेत्रको विकासका लागि सबै खोलामा पुल र चक्रपथ निर्माण गरिने बताउनुभएको छ ।

सोही क्षेत्रका सांसदसमेत रहनुभएका मन्त्री पाण्डेले आज बाँदरमुडे खोलामा निर्माण गर्न लागिएको पुल शिलान्यासका क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले माडीमा रहेका खहरे खोलाले माडीवासीलाई दुःख दिएकाले आफू सांसद रहँदैमा सबै खोलामा पुल निर्माणका लागि काम गरिरहेको बताउनुभयो । गोविन्द बस्तीदेखि रिउ खोलाको पुलसम्म करिडोर निर्माणका लागि काम अगाडि बढाएको उहाँले बताउनुभयो ।

खेतीयोग्य जमिनमा बढ्दो खण्डीकरण रोक्न सरकारले नीति ल्याउन लागेको छ भन्दै मन्त्री पाण्डेले खेतीयोग्य जमिन मासिनु दुर्भाग्य भएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेल, माडी नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटा, नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, राप्रपा नेपाल जिल्ला अध्यक्ष बद्री तिमल्सिना, नेकपा ९एमाले० माडी प्रतिनिधि प्रेमराज तिमिल्सिना, माओवादी केन्द्रका माडी प्रतिनिधि फणीन्द्रनाथ दवाडीलगायतले बोल्नुभएको थियो ।

रु दुई करोड १८ लाख १९९को लागतमा तयार हुने शिवराजपुरी र कल्याणपुर जोड्ने सो पुल आउँदो मङ्सिर २५ गतेसम्ममा सम्पन्न गर्ने गरी काठमाडौँस्थित शान्ति निर्माण सेवाले ठेक्का पाएको छ ।

स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ५ दशमलव ४५ मिटर रहेको छ । पुल निर्माणपछि शिवराजपुरी, व्रमपुरी, डिकुरबारी, छरछरेलगायत क्षेत्रका ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।