2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अखण्ड नेपाल कास्कीमा कार्की निर्विरोध निर्वाचित

akhanda nepalपोखरा, २५ पुस । अखण्ड नेपाल कास्की अध्यक्षमा पदम बहादुर कार्की निर्विरोध चयन भएका छन् ।
कार्कीको अध्यक्षतामा ४१ सदस्य जिल्ला कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बालकृष्ण सुवेदी, उपाध्यक्षमा
दान बहादुर बस्नेत, महिला उपाध्यक्षमा गोमा रायमाझी, क्षेत्र नं.१ उपाध्यक्षमा गणेश बहादुर केसी,
क्षेत्र नं.२ मञ्जुश्री बस्नेत, क्षेत्र नं.३ गणेश बहादुर केसी, क्षेत्र नं.४ राम बहादुर क्षेत्री,
सचिवमा प्रेम बहादुर थापा, कोषाध्यक्षमा कृष्ण बहादुर थापा, सहसचिवमा शोभाकर पराजुली रहेका छन् । सोही
भेलाले सरस्वती हमालको अध्यक्षतामा १३ सदस्य महिला समितिको गठन गरेको छ । समितिको उपाध्यक्ष्मा मिना
भण्डारी, सचिवमा मञ्जुश्री बस्नेत, कोषाध्यक्षमा भावना थापा रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै अखण्ड नेपाल पार्टीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारीले
राष्ट्रिय सद्भाव कायम गर्न पार्टीले वडास्तरबाट रचनात्मक कृयाकलाप गरिन लागिएकोले देशलाई आत्मनिर्भर ब
नाउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा महासचिव केश बहादुर केसीले राज्यपक्षले सबै पार्टीहरुलाई समेटी
सबैको भावना सम्वोधन गर्न नसकेका कारण देशमा असहज परिस्थिति आएकोले ठूला दलले हठ तोड्नुपर्ने बताए

अधिवेशनले भारतको अघोषित नाकाबन्दीका कारण समग्र नेपालीहरुमा
परेको असहज परिस्थिति, अभाव, महंगी तथा कालोबजारी र भुकम्प पीडितहरुले पाउनुपर्ने राहत सहयोगमा सरकारले
गरेको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गर्दै राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव कायम गर्न
सत्तापक्ष दल, सरकारी निकाय, आम राजनैतिक दलहरुमा आग्रह गरेको छ ।

क्षत्री समाज नेपालका केन्द्रीय सचिव कृष्ण थापाले जनसंख्याको आधारमा समान अधिकार प्राप्तिमा
सबै एक भएमा जातीय सद्भाव कायम हुनेमा सबै पार्टीहरु लाग्नुपर्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रीय
सदस्य एवं लुम्बिनी इन्चार्ज उदय बहादुर बस्नेत, केन्द्रीय सदस्यहरु भरत बहादुर बस्नेत, पदम बहादुर
कार्की, दिल बहादुर अधिकारी, केन्द्रीय महिला अध्यक्ष प्रमिला कुँवर, रिव बहादुर थापा, पूर्व जिल्ला
अध्यक्ष नर बहादुर अधिकारी, मिन बहादुर के.सी., मोति गिरी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा ४७ जना विभिन्न राजनैतिक पार्टी परित्याग गरी अखण्ड नेपाल
पार्टीमा प्रवेश गरेका थिए । पार्टीका बरिष्ठ उपाध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा
महिला समाजका केन्द्रीय सदस्इ लक्ष्मी अधिकारीले स्वागत, सचिव प्रेम बहादुर थापाले कार्यक्रमको संचालन
गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई