२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उद्योगमन्त्री पाण्डे र पोउवा संघका प्रतिनिधीबीच समसामयिक विषयमा छलफल

२६ पुष २०७२, आईतवार १३:१९

पुस २६,पोखरा । पोखरा उद्योग वाणिज्य संघले
उद्योगमन्त्री सोमप्रसाद पाण्डेसँग समसायिक विषयमा छलफल गरेको छ । आइतबार संघका अध्यक्षसहितका
पदाधिकारीहरुले उद्योगमन्त्री पाण्डेलाई आफ्नै कार्यकक्षमा स्वागत गर्दै समसामयिक विषयमा छलफल गरेका
हुन् ।

कार्यक्रममा उद्योगमन्त्रीलाई स्वागत गर्दै पोखरा उद्योग
वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले उद्योग स्थापना बिना देशको विकास सम्भव नभएको बताउँदै उद्योग
खोल्ने वातावरण निर्माणको लागि सरकारसँग आग्रह गरे । पोखराको प्रसङ्ग झिक्दै उनले इन्धन अभावले
उद्योगहरु चल्नै नसक्ने अवस्था सृजना भएकोप्रति मन्त्रीको ध्यानकर्षण समेत गराए । २०३१ सालमा स्थापना
भएको पोखराको औद्योगिक क्षेत्र सानो भएकोले लेखनाथको पट्नेरीमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रको
निर्माण छिटो स्थापना हुनुपर्नेमा जोड दिए ।
उद्योग स्थापनाको लागि एक द्धार प्रणाली नभएको, श्रम ऐन
तथा टे«ड युनियनका गतिविधी पनि व्यवसाय मैत्री हुन नसकेको उनको भनाई थियो ।

news 1
सो अवसरमा बोल्दै उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्नो देश
आफैले चलाउनु पर्ने बताए । ‘देशलाई बाहिरी मोडल अनुसार चलाउने काम भयो’, पोखरा उद्योग वाणिज्य संघका
पदाधिकारीसँग आइतबार भएको भेटमा मन्त्री पाण्डेले भने,‘ देशको सम्वृद्धिको लागि मुलुक आफैले
हाँक्नुपर्छ, दातृ संस्थाले होइन ।’ उनको संकेत देशले अवलम्बन गरेको आर्थिक नीति र ती नीतिहरु परेको
दाताहरुको प्रभावप्रति लक्षित थियो ।

उनले अमेरिकाको
दृष्टान्त दिँदै संसारका सबै मूलुकले ऋण र अनुदान लिएको चर्चा गर्दै अगाडि थपे–‘ गाडीमा तेल हाल्न, टायर
फेर्न बाहिर पठाउन सकिन्छ, विकासको लागि अनुदान पनि चाहिन्छ तर देश आफैले नहाँके सम्म केही हुँदैन
।’

२९४६ सालको परिवर्तनपछि देश आफैले चलाउने प्रयत्न भएको
भए अहिलेको स्थिति नआउने बताउँदै उनले निजीकरणले देशको उन्नति नगरेको समेत बताए । देशमा उदारिकरणले कुनै
तरक्की नभएको उल्लेख गर्दै उनले औषधी, कृषि औजार जस्ता कारखानाहरु राज्य आफैले संचालन गर्नुपर्नेमा जोड
दिए । आर्थिक उदारिकरणको नीति लागु भएपछि देशमा भएका भृकुटी कागज कारखाना,बाँसबारी छालाजुत्ता उद्योग र
कृषि औजार कारखाना निजीकरण गर्नु गल्ती भएको उनको तर्क थियो ।यद्यपी उनले आफूलाई उदार आर्थिक नीतिको
बिरोधी नभएको बताउन भने चुकेनन् ।

उनले देशमा विद्यमान
समस्या राष्ट्रियतासँग जोडिएकाले मात्र जनतामा आक्रोस नबढेको स्वीकारे । देशमा जारी समस्या सुल्झाउनका
लागि सरकारले कुटनीतिक पहल जारी राखेको तर परिणाम नआएसम्म जनताले त्यसको महशुस मात्र गर्न नपाएको उनको
भनाइ थियो ।
देशको आन्तरिक व्यवस्थापनको लागि विदेशीहरु गुहार्ने प्रवृत्ति ठीक नभएको प्रसङ्ग झिक्दै
उनले थपे– ‘हामीले अनमिन बोलायौँ, जनताको छोरा देशको सर्वोच्च पदमा पुगेपछि आन्तरिक व्यवस्थापनमा कसैको
आवश्यकता छैन ।’
देशको आर्थिक उन्नतिको लागि औद्योगिक विकास अपरिहार्य रहेकाले सरकाले विशेष योजनाका
साथ औद्योगिक विकासको खाका कोर्न लागेको बताए । सातवटा प्रदेशमा सातवटा औद्योगिक क्षेत्र बनाउने तयारीमा
सरकार रहेको बताउँदै उनले थपे–‘जग्गा किनेर उद्योग खोल्दा उद्योगको लागतभन्दा जग्गाको लागत बढी
हुँन्छ,त्यसैले औद्योगिक क्षेत्र खोल्नु परेको हो ।’


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले बन्द र हड्तालले
गर्दा व्यवसायीहरुले आफूले तिर्नु पर्ने करको किस्ता समयमा नै तिर्न नसकेकोले समय थप हुनुपर्ने माग गरे
। द्धितीय उपाध्यक्ष मीनराज काफ्लले औद्योगिक वातावरण निर्माणको लागि इन्धनको आपूर्ति सहज हुनुपर्नेमा
जोड दिए।

महासचिव रवीन्द्रबहादुर प्रजुले अन्तर्राष्ट्रिय
विमानस्थल निर्माणले यो क्षेत्रको औद्योगिक सम्भावना बढ्ने भएकाले विमानस्थल निर्माण तत्काल थाल्ने
वातावरण बन्नुपर्ने बताए । उपमहासचिव प्रकाशदेव पालिखेले साना र मझौला उद्योगहरु स्थापनाको लागि सरकारले
विशेष नीति ल्याउनुपर्ने बताए । कोषाध्यक्ष दीलिपराज श्रेष्ठले मन्त्रीहरुले घुमफिरमा मात्र ध्यान दिने
र जनताको आवश्यकतामा ध्यान नदिने गर्दा जनतामा निरासा छाएको बताए । औद्योगिक क्षेत्र उद्योग संघका
महासचिव झलक आचार्यले खाद्य उद्योगहरु उर्जा संकटले समस्यामा परेकोप्रति संवेदनशील हुन आग्रह गरे

photo caption: पोखरा उद्योग वाणिज्य संघले आइतबार
उद्योगमन्त्री सोमप्रसाद पाण्डेसँग आयोजना गरेको छलफल कार्यक्रममा सहभागिहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने