2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

चौदण्डीगढीको जग्गा स्थानीयवासीबाट नै अतिक्रमण

मङ्सिर ३, उदयपुर । उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डी गाविसमा रहेको ऐतिहासिक पर्यटकीयस्थल चौदण्डीगढीवरपरको जग्गा लामो समयदेखि स्थानीयवासीले नै अतिक्रमण र कब्जा गर्दै आएका छन् । 

पच्चीस वर्षदेखि यता आएर मात्र गढीक्षेत्रको वरपर र आसपासको करिब बीस रोपनीभन्दा बढी जग्गा स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्दै आएको चौदण्डी गाबिस सचिव जयन्द्र पाण्डेले बताउनुभएको छ । 

चौदण्डीगढी क्षेत्रमा सडक पुगेको र महत्वपूर्ण ऐतिहासिक पर्यटकियस्थल बनिरहेको बेला सो क्षेत्रमा जग्गाको मूल्यसमेत बढ्दै गएको छ । तर यता गढीक्षेत्रका आसपासका जग्गा भने स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्ने र घर निर्माणसमेत गरेर बस्न थालेको सचिव पाण्डे बताउनुहुन्छ । गढीक्षेत्रको जग्गा अतिक्रमण भएपछि पटक–पटक आफूहरुले स्थानीयवासीलाई गढी परिसर र आसपासका अतिक्रमित जग्गा छाड्न अनुरोध गरे तापनि स्थानीयवासीले अटेरी गरेर घर नै निर्माणसमेत गरेको सचिव पाण्डे बताउनुहुन्छ । 

गढीक्षेत्रका जग्गामा अहिले करिब १५ घर जति स्थानीयवासीले अतिक्रमण गरेर भोग गर्दै आएको र उक्त जग्गा छाड्न नमानेको चौदण्डीगढी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङसमेत बताउनुहुन्छ । विगतमा गढीक्षेत्रका आसपास झण्डै सय रोपनीभन्दा बढी जग्गा रहेको भए तापनि तत्कालीन समयमा नै यसको सम्बन्धित निकायबाट संरक्षण हुन नसक्दा धेरै जग्गा स्थानीयवासीले अतिक्रमण तथा कब्जा गरेर लामो समयदेखि बसोबास गर्दै आएको स्थानीय नन्दलाल कटुवाल बताउनुहुन्छ । 

चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधार तीव्ररुपमा अगाडि बढ्दै गएपछि जग्गाको अभावमा उक्त क्षेत्रमा धेरै भौतिक निर्माणका कार्य गर्नसमेत समस्या हुन थालेको गढी पर्यटन विकास समितिका अध्यक्ष तामाङको भनाइ छ । गढीको अतिक्रमण भएको जग्गा समयमा नै कानुनी वा अन्य प्रक्रियाबाट व्यवस्थापन नगरे भविष्यमा झनै जग्गा व्यवस्थापनमा समस्या आउने सरोकारवालासमेत बताउँछन् । 

स्मरण रहोस्, उदयपुरको चौदण्डी गढीमा सन् १६६३ देखि १७७३ सम्म चारपुस्ता सेनवंशी राजाहरुले पूर्वको राजधानी बनाई शासन गर्दै आएका थिए । यसरी शासन गर्ने सेन राजामा जगत सेन, विक्रम सेन, मुकुन्द सेन र बुद्धिकर्ण सेन रहेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई