२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रेस चौतारी पत्रकारिता पुरस्कार भण्डारीलाई

२६ पुष २०७२, आईतवार १३:२१

bhandariपुस २६, पोखरा । प्रेस चौतारी कास्कीले सञ्चालन गरेको प्रेस
चौतारी पत्रकारिता पुरस्कार–२०७१ बाट पत्रकार दुर्गा भण्डारीलाई सम्मान गरिने भएको छ ।

पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक आन्दोलन र प्रेस
चौतारीको संस्थागत विकासमा पु¥याएको योगदानको कदर गर्दै भण्डारीलाई सम्मान गर्ने निर्णय प्रेस चौतारी
कास्कीले गरेको हो ।पुरस्कारको राशी नगद ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र रहेको छ ।

भण्डारीलाई उक्त पुरस्कारबाट सम्मान गर्न, प्रेस चौतारी पत्रकारिता
पुरस्कार प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतमा
शनिबार बसेको बैठकले अनुमोदन गरेको हो ।प्रतिभा छनौट समितिको संयोजकमा कास्कीका संस्थापक कोषध्यक्ष खेम
सारु, प्रेस चौतारी नेपाल तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारी कास्कीका
सल्लाहकार तथा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पदेन सदस्यमा कास्कीका अध्यक्ष माधव
बराल र सचिव अर्जुन गिरी रहनुभएको छ ।

भण्डारीले २०५२ सालदेखि
काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको हो ।भण्डारी प्रेस चौतारी नेपालका
पूर्व सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र पोखराबाट प्रकाशित हुने कास्की सन्देश
साप्ताहिकको सम्पादक हुनुहुन्छ । भण्डारीले पोखरा एफएम, माछापुच्छे«े एफएम, पोखरा हट्लाइन दैनिक,
पोखरापत्र दैनिक, सौर्य साप्ताहिक, माइक्रो न्यूज दैनिकमा पनि काम गर्नुभएको थियो ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज
सुवेदी, रुद्रबहादुर थापा, हरि बाँस्तोला, बद्रीविनोद प्रतीक र खेम सारु सम्मानित भइसक्नु भएको छ।प्रेस
चौतारी नेपालको स्थापना दिवसको अवसरमा आगामि माघ २२ गते भण्डारीलाई उक्त पुरस्कारबाट सम्मान गरिने सचिव
अर्जुन गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ