2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रोट्रयाक्ट क्लब अफ पोखराद्धारा भुकम्पपिडितलाई सहयोग

शिब न्यौपाने/ पुस २८,
पोखरा ।
रोट्रयाक्ट क्लब अफ पोखराले बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रभावित गोरखाको
आरुआरवाङ् गाविसमा सहयोग प्रदान गरेको छ । उक्त गाविसको वडा नं ८ र ९ का २०५ घरपरिवारलाई १/१ थान कम्बल
र उनिको टोपि वितरण गरिएको क्लबका निर्वाचित अध्यक्ष तथा कार्यक्रम संयोजक रो. सिवलाल सुनारले जानकारी
दिनुभयो ।

गोरखा बजारबाट करिब ७१ किमि पुर्वमा रहेको उक्त गाविसमा भुकम्प प्रभावितहरु ओड्ने कपडा
नभएर ज्यान गएको भन्ने समाचार आएपछि उक्त कार्यक्रम आयोजना गरीएको क्लबका अध्यक्ष रो। सुजन लामिछानेले
बताए । सो कार्यक्रममा एक लाख पचास हजार बराबरको सामग्री हस्तान्तरण गरीएको थियो । कार्यक्रममा बोल्दै
अध्यक्ष लामिछानेले समाज रुपान्तरणको निम्ति युवाहरु सक्रिय हुनुपर्ने बताउँदै हरेक काममा राज्यको
भरपरेर बस्न नहुने बताए ।

भुकम्पले पु¥याएको अपुरणिय क्षतिले देश नै रोईरहेको बेलामा भुकम्प
पिडतहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए । उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु
दिपक तिवारी, अर्जुन खनाल, स्थानिय सामाजीक व्यक्तित्व अमृता गुरुङ् , वासुकि निमावीका प्राचार्य
लगाएतले क्लबको सामाजीक कार्यको प्रशंसा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा स्थानिय वासुकी
निवावीको खेलकुद सामग्रीको लागि क्लबले नगद सहयोग समेत प्रदान गरेको छ । कार्यक्रममा रोटरी क्लब अफ
किसाराजु ईष्ट जापानले विशेष सहयोग प्रदान गरेका थिए । चिसोले कठ्याङ्रिएर गाउँमा ६० वर्षिय लालबहादुर
बरालको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई