प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

रामादल भुजुवा वर्ष ३५ गुलरिया नगरपालिकाको वडा नं. ६ अन्तर्गत जिविस रोडलाईनमा बस्दै आउनुभएको छ । केही समय अघि गुलरियामा रिक्साको सेवा दिएवापतको भाडा माग्ने क्रममा नराम्ररी हप्की दप्कीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

रामादल भुजुवा वर्ष ३५ गुलरिया नगरपालिकाको वडा नं. ६ अन्तर्गत जिविस रोडलाईनमा बस्दै आउनुभएको छ । केही समय अघि गुलरियामा रिक्साको सेवा दिएवापतको भाडा माग्ने क्रममा नराम्ररी हप्की दप्कीमा "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अटोरिक्सा चालकको उदाहरणीय काम

४ मंसिर २०७३, शनिबार ११:३३

प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

रामादल भुजुवा वर्ष ३५ गुलरिया नगरपालिकाको वडा नं. ६ अन्तर्गत जिविस रोडलाईनमा बस्दै आउनुभएको छ । केही समय अघि गुलरियामा रिक्साको सेवा दिएवापतको भाडा माग्ने क्रममा नराम्ररी हप्की दप्कीमा परेको अनुभव वहाँ सुनाउनुहुन्छ । दश÷बीस रुपैँयाका लागि पनि किचकिच गर्नुपर्ने र हप्की दप्की मात्रै हैन सेवाग्राहीहरुले निकै अपमानित तरीकाबाट बोलेकोमा वहाँलाई निकै दुःख लागेको रहेछ । तर आज वहाँ निकै खुशी हुनुभएको थियो ।

 

नवनिर्वाचित अध्यक्षलाई टीका लगाउँदै ……

रामदल मात्रै हैन कि जिल्ला सदरमुकाम गुलरियामा गत वर्ष भारतले गरेको अघोषित नाकावन्दीपछि ४० जनाले यसरी रिक्सा चलाउँदै आएका छन् । उनीहरुले आज जिल्ला सदरमुकाम गुलरियामा एक भेलाको आयोजना गरेर अटो रिक्सा मजदुर समितिको गठन गरेका छन् । यसरी सङ्गठित हुन पाएपछि निकै खुशी लागेको र अब आफूले जेनतेन कृषि पेशा गरेर कमाएको पैसाको लगानी गरेर किनेको रिक्सा चलाउन सहज हुनेमा आशावादी रहेको गुलरिया १० का ३३ वर्षिय रिक्सा चालक मजदुर जितेन्द्र थारुले बताउनुभयो । 

अटोरिक्सा चालकहरु ……

गुलरियाको बगलामुखी चोकमा भेला भएका रिक्सा मजदुरहरुले खोम प्रसाद भुर्तेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेका छन् भने उपाध्यक्षमा विनोद वैश्य, सचिवमा जितेन्द्र थारु रहनुभएको छ। 

रिक्साचालकहरुको हक हित र अधिकारको सुनिश्चित गर्ने कार्यका लागि प्रतिवद्ध भएको वताउनुहुँदै अध्यक्ष खोम प्रसाद भुर्तेलले सबै रिक्सा चालकहरुलाई कुनै पनि नशालु पदार्थहरु सेवन गरी रिक्सा नचलाउन आग्रह गर्नुहुँदै राम्रो कमाइ गर्नका लागि आफूले पनि आप्mनो व्यवहारलाई मिठो र सभ्य बनाउनुपर्नेमा जोड दिनुभयो । यदि कसैलाई केही समस्या परेमा अफिसमा आएर उजुरी दिनका लागि समेत आग्रह गर्नुभयो । 


सबै रिक्सा चालकहरुबाट प्रतिदिन रु. २० जम्मा गरेर रिक्सा मजदुरहरको सामुहिक हकहितका लगि खर्च गरिने अध्यक्ष भुर्तेलले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत