2026-09-24 08:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र परेका पाँच युवाको उद्दार

मंसिर ४, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाको प्रधानमन्त्री कार्यालयको पहलमा उद्दार गरिएको छ ।

उद्दार गरिएका युवाहरूले शनिबार दिउँसो प्रधानमन्त्री प्रचण्डसँग भेट गरी आफूहरुलाई उद्दार गरिएकोमा धन्यवाद दिए । उनीहरुलाई मंसिर ३ गते नेपाल ल्याइएको थियो । 

उद्दार गरिएका श्रीभूवनबस्ती–८, कञ्चनपुरका धनबहादुर मिजारले भने, ‘हामी गएको कम्पनि अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा मार्थ्यो, त्यो बेला हामी कम्पनि छोडेर भाग्नुपर्थ्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौंपटक भाग्यौं । प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुंगाको काम गर्नुपर्ने रहेछ ।’

आफ्नो पीडा सुनाउँदै मिजारले अघि थपे, ‘मेनपावर र कम्पनीले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि हामीले प्रधानमन्त्री कार्यालयमा अनुरोध गर्यौं र हामीलाई उद्दार गरियो । हाम्रो उद्दार गरेकोमा विशेष धन्यवाद छ ।’

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको जानकारी गराउँदै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीहरुको उद्दार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताए ।

त्रिभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार बि.क., कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर बि.क. र काठमाडौंका ३२ वर्षीय अनुप शेर्पा जनही ९० हजारदेखि १२५ हजारसम्म खर्च गरी महाराजगञ्जको आयुस ओभरसिज सर्भिसबाट वैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी