१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र परेका पाँच युवाको उद्दार

४ मंसिर २०७३, शनिबार १२:०३

मंसिर ४, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदीको रियादमा अलपत्र परेका पाँच युवाको प्रधानमन्त्री कार्यालयको पहलमा उद्दार गरिएको छ ।

उद्दार गरिएका युवाहरूले शनिबार दिउँसो प्रधानमन्त्री प्रचण्डसँग भेट गरी आफूहरुलाई उद्दार गरिएकोमा धन्यवाद दिए । उनीहरुलाई मंसिर ३ गते नेपाल ल्याइएको थियो । 

उद्दार गरिएका श्रीभूवनबस्ती–८, कञ्चनपुरका धनबहादुर मिजारले भने, ‘हामी गएको कम्पनि अवैधानिक रहेछ, दिनदिनै प्रहरीले छापा मार्थ्यो, त्यो बेला हामी कम्पनि छोडेर भाग्नुपर्थ्यो, खाना खाँदाखाँदै, सुतेको बेला पनि हामी कैयौंपटक भाग्यौं । प्रहरी आएपछि लुक्नुपर्ने र अरु बेला चोरीको ढुंगाको काम गर्नुपर्ने रहेछ ।’

आफ्नो पीडा सुनाउँदै मिजारले अघि थपे, ‘मेनपावर र कम्पनीले कुनै वास्ता नगरी उल्टै धम्की दिन थालेपछि हामीले प्रधानमन्त्री कार्यालयमा अनुरोध गर्यौं र हामीलाई उद्दार गरियो । हाम्रो उद्दार गरेकोमा विशेष धन्यवाद छ ।’

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै विदेशमा रहेका नेपालीप्रति संवेदनशील भएर काम गरिरहेको जानकारी गराउँदै सरकारले विदेशको जेलमा भएका, मृत्युदण्डको फैसला गरिएका, विदेशमा मृत्यु भएका र अलपत्र परेका नेपालीहरुको उद्दार र राहतका लागि विशेष प्रयत्न गरिरहेको बताए ।

त्रिभूवनबस्ती–८, कञ्चनपुरका ३० वर्षीय धनबहादुर मिजार, रामपुर–२, उदयपुरका ३७ वर्षीय राजकुमार बि.क., कोल्हुवा–२, नवलपरासीका ३३ वर्षीय धनबहादुर मगर, गोरखा नगरपालिका–९, गोरखाका ३८ वर्षीय यामबहादुर बि.क. र काठमाडौंका ३२ वर्षीय अनुप शेर्पा जनही ९० हजारदेखि १२५ हजारसम्म खर्च गरी महाराजगञ्जको आयुस ओभरसिज सर्भिसबाट वैदेशिक रोजगारीका लागि साउदीको रियाद पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो