२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

छैठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा

२९ पुष २०७२, बुधबार ०६:२४

गिता राना मगर, पुस २९, पोखरा / पोखराको
अमरसिंह चौरमा पुस तीस देखि आयोजना हुन लागेको छैठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।
महोत्सव आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी पुस तीस देखि माघ १० गते सम्म
आयोजना हुन लागेको छैठौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

pokhara

“युवाको जांगर
राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पयर्टन प्रवद्र्धन संगै
समग्र पोखराको आनतरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई मध्येनजर गरेर आयोजना हुन लागेको महोत्सवमा २ सय
२० स्टल रहेको आयोजक युनाइटेड क्लवका सचिव लालकाजी गुरुङले वताए । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र
उद्घाटन समारोहलाई कुरेर बसेको उनको भनाइ रहेको थियो ।

पत्रकार
सम्मेलनमा वोल्दै क्लवका अध्यक्ष तथा महोत्सव संयोजक हिमालय बख्रेलले क्लवले स्थापना कालदेखि शिक्षा,
स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणका लागी अगाडी वढाएको र
चिडियाखाना निर्माण अन्तर्गत पहिलो चरणको डि.पि.आर. र श्रब्य दृश्य सामाग्री निर्माण गरिसकेको भएतापनि
हाल नाकाबन्दीका कारण चिडियाखाना निर्माणको कामलाई अगाडी वढाउन
नसकेको वताए । नाकाबन्दी हट्नासाथ
चिडियाखाना निर्माण प्रकृयालाई अगाडी वढाएर लैजाने बख्रेलको भनाइ रहेको थियो ।

छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० /२० प्रतिशतका
दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण
स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा
खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ

क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा
कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण
सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा
निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।

महत्सवबाट करिव १३ करोडको कारोवार हुने , ९१ लाख ८० हजार अनुमानित आम्दानी , ६१ लाख खर्च तथा
३० लाख ८० हजार बचत हुने क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले बताए । छैठौ संस्करणको महोत्सवमा प्रवेश टिकट
साधारणलाइ ६०, विद्यार्थीलाई ४० रुपैया निर्धारण गरिएको छ भने साढे दुई लाख दर्शकले महोत्सवको अवलोकन
गर्ने लक्ष्य राखिएको छ ।

१० दिन सम्म सञ्चालन हुने महोत्सवमा
विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला
सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको
सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय
उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको
प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं
जानकारी गराइने भएकोे छ ।

त्यसैगरी महोत्सवमा राष्ट्रिय स्तरका
कलाकारहरु दोहोरी गीत तर्फ रामजी खाँड, हेमन्त शर्मा, विमलराज क्षेत्री, टिका पुन लगाएतका कलाकारहरुको
प्रस्तुती रहनेछ भने नेपालका ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरु सविन राई, निमा रुम्बा, आस्था राउत
लगाएतको लाइभ प्रस्तुती रहने छ साथमा लोकल ब्याण्डहरुको प्रस्तुती, हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट
स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था , वाल उद्यान ,नेपाली संस्कृति झल्कने प्रस्तुती , विभिन्न
मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

सालिमार
सिमेन्टको मुख्य प्रयोजकमा सञ्चालन हुने उक्त महत्सवमा पोखरा तारा खुल्ला नृत्य प्रतियोगिता दुईको समेत
आयोजना गरिने भएको छ । उक्त प्रतियोगिताका विजेताले रु ५० हजार नगद अवार्ड र म्युजिक भिडियोमा अभिनय
गर्ने अवसर पाउने छ भने उपविजेताले नगद रु २५ हजार अवार्ड र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर ,
सान्तवना हुनेले रु ५ हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने बताइएको छ साथै पहिलो चरणको अडिसनबाट
छानिएका २५ जना उत्कृष्ठले मा स्टेजमा प्रस्तुति दिने ब्यवस्था रहेको छ । महोत्सवको पुस तीस गते नेपाल
सरकारका गृह मन्त्री शक्ति बहादुर वस्नेतले उद्घाटन गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने