कमल रावल | मसिर ४, अछाम | अछाम जिल्लाको तिमिल्सैन गाविसमा एक महिनावारी किशोरिको छाउपडी गोठमै ज्यान गएको छ । गाविसको वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउपडी गोठमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | मसिर ४, अछाम | अछाम जिल्लाको तिमिल्सैन गाविसमा एक महिनावारी किशोरिको छाउपडी गोठमै ज्यान गएको छ । गाविसको वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउपडी गोठमा"/>
2026-08-29 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

छाउपडी गोठमा सुतेकी २१ वर्षे किशोरीको ज्यान गयो

कमल रावल | मसिर ४, अछाम | अछाम जिल्लाको तिमिल्सैन गाविसमा एक महिनावारी किशोरिको छाउपडी गोठमै ज्यान गएको छ । गाविसको वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउपडी गोठमा ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी खाना खाई सुतेकी र केही बिरामी नभएकी उपाध्याय शनिवार बिहान अबेर सम्म नउठेपछि आफन्त गई हेर्दा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन । शुक्रबार दिनभरी घाँस काट्ने र पशुमल खेतबारीमा बोक्ने काम गरी राती सुतेकी र घरबाट ६/७ मिटर टाढा गोठमा एक्लै रहेकी ५ दिनकी महिनाबारी उपाध्याय मृत अवस्थामा भेटिएकी उनका आफन्तको भनाई रहेको छ ।

मृतकका जेठाजु तीर्थराज उपाध्ययका अनुसार मृतकलाई कुनै बिराम नलागेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यालय अछामको टोलि घटना स्थलमै गई जानकारी लिदा घटनाको अनुसन्धना भईरहेको र सबै रिपोर्ट शबको पोष्टमार्टम पछिको रिपार्टको बारे जानकारी हुने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रवक्ता वर्दि प्रसाद ढकालले बताउनु भयो । प्रहरी प्रबक्ता ढकालका अनुसार मृतक घोप्टो अवस्थामा रहेकी र नाकबाट रगत आएको भेटिएको र घटनाको थप छानविन भैरहेको बताउनु भयो । ढोका नभएको छाउपडी गोठ निकै साँघुरो रहेको तथा बाहीर भित्र गर्न खालको मात्र रहेको उहाँको भनाई रहेको छ । अहिले नै पोष्मार्टको रिपोर्ट नआएकाले घटनाको प्रकृति हेर्दा हर्टअट्याक भएर ज्यान गएको उन सक्ने प्रवक्ता ढकालको भनाई छ ।

मृतकका श्रीमान यज्ञराज तिमिल्सेना कामको शिलशिलामा भारतमा रहेका र बिहे भएको २ बर्ष भएको आफन्तले जनाएका छन् । अछाम लगायत सुदूरपश्चिममा महिनाबारी हुँदा ५ देखि ७ दिनसम्म घरबाट टाढा गोठमा बस्ने चलन रहेको छ । अछाम जिल्लाका ३१ वटा गाविस यस अघि नै छाउपडि गोठमुक्त घोषणा भईसकेका छन । तर पनि जिल्लामा घोषणा गरिए पनि कतिपय ठाउँमा अझै छाउ गोठमा बस्ने चलन रहेको छ । महिला तथा बालबालिका कार्यालयको तथ्यांक अनुसार सन् २००८ देखि हाल सम्म छाउपडी गोठको कारण अछाम जिल्लामा ९ जना महिला तथा किशोरीको ज्यान गैसकेको तथ्याक रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो