कमल रावल/मसिर ५, अछाम । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला"/>
कमल रावल/मसिर ५, अछाम । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला"/>
कमल रावल/मसिर ५, अछाम । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला घोषित भएको छ । गतवर्ष दोस्रो स्थानमा रहेको अछाम स्वास्थ्य क्षेत्रका ३५ वटा सुचकहरुमा उत्कृष्ट नतिजा ल्याउदै प्रथम भएको हो ।
आर्थिक बर्ष २०७२।७३ को राष्ट्रिय समिक्षा गोष्ठीको अवसरमा शनिबार काठमाण्डौँमा अछामलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरिएको बताईएको छ । मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा यसपटक अछाम ९२ दशमलव ३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९० दशमलव ५४ प्रतिशतको आधारमा सुर्खेत दोस्रो र ९० दशमलव ४१ प्रतिशतका आधारमा बैतडी तेस्रो भएका छन् ।
स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फ्रच्यौट, क्षेत्रिय स्वास्थ्यले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मुल्याकन गर्दा १ सय प्रतिशतमा आफनो जिल्ला ९२ दशमलव ३७ प्रतिशत ल्याएर प्रथम भएको त्यहाँबाट जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो ।
अछाम जिल्ला देशभरमै प्रथम भईसकेपछि जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले खुशि ब्यक्त गर्दै अछाम जिल्ला प्रथम हुनुको श्रेय अछामा ९ सय ४१ जना महिला स्वास्थ्य स्वयमसेविका, ४ सय ५० भन्दा बढि स्वास्थ्य कर्मि, जिल्लाका सबै प्रभुत्व ब्यक्तिको साथ र सहयोगमा सफल भएको बताउनु भयो । गत वर्ष नेपालको दोस्रो हुदा पहिलो बनाउन चुनौती थपिएका बेला जिल्ला अस्पताल विकास समिती, जिल्ला स्थित राजिनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयको निकै साथ र सहयोगका रहेको बताउनु भयो ।
यतिबेला देशभरमै प्रथम भईसकेपछी अब अझै अगाडी थुप्रै चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्दै लैजान आफनो योजना रहने जानकारी दिनु भयो । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरका उत्कृष्ट १० संस्था भित्र पनी सुदुरपश्चिमका ५ जिल्लामा परेका छन ।
जसमा ९२ दशमलव ३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९० दशमलव ४१ प्रतिशतका आधारमा बैतडी तेस्रो, ८९ दशमलव ०३ प्रतिशतका साथ बझाङ चौथो, ८८ दशमला २२ प्रतिशतका साथ डोटी पाचौँ र ८८ प्रतिशतका साथ बाजुराले छैटौँ स्थान हासिल गरेको छ । यस्तै सबैभन्दा पुछारमा भने यस वर्ष मनाङ परेको छ । मनाङ गतवर्ष भन्दा दुई स्थान तल झर्दै ५७ दशमलव ६५ प्रतिशतका साथ अन्तिममा पुगेको हो ।