२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माघे सक्रन्तिको अवसरमा ढुङ्गेसाँघु मेला

२०७२, २ माघ शनिबार ०४:२८

माघ २, पोखरा । माघे सक्रन्तिको अवसरमा पोखरा १७ महतगौँडा स्थित
ढुङ्गेसाँघुमा मेला लागेको छ । प्रत्येक बर्ष लाग्दै आएको मेलालाई यस बर्ष पनि निरन्तर दिइएको छ ।
मेलामा कास्की, स्याङजा ,पर्वत बागलुङ, तनँहु लगायतका क्षेत्रबाट हजारौं संख्यामा भक्तजन आएका थिए

धार्मिक रुपले प्रख्यात यो मेलामा भक्तजनहरुले सेती नदीमा
स्नान गर्नुका साथै ढुङ्गगेसाँघुमा रहेका मठमन्दिरमा भक्तजनहरुको घुईचो लागेको थियो । मेलामा सेती नदी
स्नान गर्न र मठ मन्दिरको दर्शन गर्न आएका श्रदालु
भक्तजनहरुलाई ढुङ्गेसाँघु सीतापाईला आमा समुहले
नि–शुलक खुदो चिउरा खुवाएको छ । समुहले अघिल्लो बर्ष पनि निशुल्क खुदो चिउरा खुवाएको थियो ।

ढुङ्गेसाँघु सीतापाईला आमा समुहका संस्थापक अध्यक्ष पर्वती गुरुङ्ग र
समुहका आजीवन सदस्य भिमकला भण्डारीले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि भिमकला भण्डारीले ऐतिहासिक
र धार्मिक रुपले यस क्षेत्र महत्वपुर्ण रहेकोले त्यहाँका धार्मिक क्षेत्रको संरक्षण गर्नु पर्ने बताउनु
भयो । अर्को प्रमुख अतिथि पर्वती गुरुङ्गले मौलिक परम्परा र सस्ंकृति जोगाउन यस्ता कार्यक्रमलाई
निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

जानकी निम्न माध्यमिक
विद्यालयका अभिभावक संघका अध्यक्ष तथा समाज सेवी नगेन्द« गुरुङ्गले कास्की जिल्लामा रहेका विभिन्न
धार्मिक स्थल मध्ये ढुङ्गेसाँघु पनि भएकाले यसको संरक्षण र प्रर्वद्धनमा सबै एक जुट भएर लाग्नु पर्नेमा
जोड दिनु भयो । नौलो घुम्तीका प्रतिनिधि शिव प्रसाद सुवेदीले मौलिक संस्कृतिलाई जोगाउन राखिएको
कार्यक्रम निकै प्रभावकारी हुनुका साथै सन्देशमुलक रहेको बताउनु भयो । स्याङजा टाक्सर तमुका उपाध्यक्ष
लक्ष्मी गुरुङ्गले महिला दिदीबहिनीहरुले गरेको यस्ता कार्यक्रमले अन्य दिदीबहिनीहरुलाई प्ररेणा मिल्ने
बताउदै आगामी दिनहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

मेलामा सेती नदी स्नान गर्न र मठमन्दिरको दर्शन गर्न आएका अनुमानित १० हजार श्रदालु
भक्तजनहरुले खुदो चिउरा, तरुल खाएका थिए ।

ढुङ्गेसाँघु
सीतापाईला आमा समुहका अध्यक्ष गौमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सचिव जुना मल्लले
स्वगत मनतव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन रेडीयो जननीका संवाददाता शोभा भण्डारीले सञ्चालन
गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला