३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माघे सक्रन्तिको अवसरमा ढुङ्गेसाँघु मेला

२ माघ २०७२, शनिबार ०४:२८

माघ २, पोखरा । माघे सक्रन्तिको अवसरमा पोखरा १७ महतगौँडा स्थित
ढुङ्गेसाँघुमा मेला लागेको छ । प्रत्येक बर्ष लाग्दै आएको मेलालाई यस बर्ष पनि निरन्तर दिइएको छ ।
मेलामा कास्की, स्याङजा ,पर्वत बागलुङ, तनँहु लगायतका क्षेत्रबाट हजारौं संख्यामा भक्तजन आएका थिए

धार्मिक रुपले प्रख्यात यो मेलामा भक्तजनहरुले सेती नदीमा
स्नान गर्नुका साथै ढुङ्गगेसाँघुमा रहेका मठमन्दिरमा भक्तजनहरुको घुईचो लागेको थियो । मेलामा सेती नदी
स्नान गर्न र मठ मन्दिरको दर्शन गर्न आएका श्रदालु
भक्तजनहरुलाई ढुङ्गेसाँघु सीतापाईला आमा समुहले
नि–शुलक खुदो चिउरा खुवाएको छ । समुहले अघिल्लो बर्ष पनि निशुल्क खुदो चिउरा खुवाएको थियो ।

ढुङ्गेसाँघु सीतापाईला आमा समुहका संस्थापक अध्यक्ष पर्वती गुरुङ्ग र
समुहका आजीवन सदस्य भिमकला भण्डारीले उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि भिमकला भण्डारीले ऐतिहासिक
र धार्मिक रुपले यस क्षेत्र महत्वपुर्ण रहेकोले त्यहाँका धार्मिक क्षेत्रको संरक्षण गर्नु पर्ने बताउनु
भयो । अर्को प्रमुख अतिथि पर्वती गुरुङ्गले मौलिक परम्परा र सस्ंकृति जोगाउन यस्ता कार्यक्रमलाई
निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

जानकी निम्न माध्यमिक
विद्यालयका अभिभावक संघका अध्यक्ष तथा समाज सेवी नगेन्द« गुरुङ्गले कास्की जिल्लामा रहेका विभिन्न
धार्मिक स्थल मध्ये ढुङ्गेसाँघु पनि भएकाले यसको संरक्षण र प्रर्वद्धनमा सबै एक जुट भएर लाग्नु पर्नेमा
जोड दिनु भयो । नौलो घुम्तीका प्रतिनिधि शिव प्रसाद सुवेदीले मौलिक संस्कृतिलाई जोगाउन राखिएको
कार्यक्रम निकै प्रभावकारी हुनुका साथै सन्देशमुलक रहेको बताउनु भयो । स्याङजा टाक्सर तमुका उपाध्यक्ष
लक्ष्मी गुरुङ्गले महिला दिदीबहिनीहरुले गरेको यस्ता कार्यक्रमले अन्य दिदीबहिनीहरुलाई प्ररेणा मिल्ने
बताउदै आगामी दिनहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

मेलामा सेती नदी स्नान गर्न र मठमन्दिरको दर्शन गर्न आएका अनुमानित १० हजार श्रदालु
भक्तजनहरुले खुदो चिउरा, तरुल खाएका थिए ।

ढुङ्गेसाँघु
सीतापाईला आमा समुहका अध्यक्ष गौमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सचिव जुना मल्लले
स्वगत मनतव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन रेडीयो जननीका संवाददाता शोभा भण्डारीले सञ्चालन
गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली