मंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीको चापाकोटमा निशुल्क स्वास्थ्य शिविर

५ मंसिर २०७३, आईतवार १२:२४


मंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

क्लवको १०औं बार्षिकोत्सवको अवसर पारेर मेडीकल, स्त्री तथा प्रसुति, नाक, कान, घाटी सम्बन्धि निशुल्क शिविर गरेको हो । २ सय १२ जनाले स्वास्थ्य लाभ लिईएको शिविरमा निशुल्करुपमा औषधि वितरण गरिएको थियो । शिविरमा निशुल्करुपमा रगत र पिसाबको जाच गर्नुका साथै फिजिवयो थेरापी पनि गरिएको थियो ।

शिविरमा रिजनल हस्पिटलबाट बालरोग बिशेषज्ञ डा. यज्ञराज सिग्देल, मेडीकल सम्वन्धि डा. मनोज कोईराला, स्त्री तथा प्रसुति विशेषज्ञ डा. तारा गुरुङ, नाक÷कान÷घाटी रोग बिशेषज्ञ डा. आकाशमणी भण्डारीले चेकजाच भएको जानकारी रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्माले जानकारी दिए । शिविरमा डाक्टर, स्टाफ नर्स, ल्याब एसिस्टेन्ट लगाएत २० जनाको प्रविधिक टोली र आयोजक क्लबको स्वयंसेवक गरि ४२ जनाको टोली शिविरमा गएका थिए  ।

कार्यक्रममा पञ्चासे जलाधार विकास समितिका अध्यक्ष निर्मल पौडेल, बालरोग विशेषज्ञ डा. यज्ञमान सिग्देल, रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्मालगाएतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमका सभापति तथा क्लवका अध्यक्ष मोहन बहादुर केसीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै विशेष सहयोगीलाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन राजु गिरीले गरेका थिए भने स्वागत मन्तव्य अभियान महिला उप–समितिकी सिर्जना थापाले राखेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो