३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यातायात व्यवसायी अधिकारी सम्मानित

२ माघ २०७२, शनिबार १३:००

माघ २, पोखरा । युवा यातायात व्यवसायी केशवप्रसाद अधिकारीलाई
राष्ट्रिय नागरिक विकास समाजले सम्मान गरेको छ । समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप
अधिकारीलाई सम्मान गरिएको हो । शनिबार काठमाडौंमा आयोजित एक समारोहका बीच अधिकारीलाई उपप्रधानमन्त्री
एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सम्मान गरे । उक्त अवसरमा विज्ञान तथा प्रविधि
मन्त्री शिबलाल थापा र खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले समेत अधिकारीलाई सम्मान गरेका
थिए ।
keshav adhikari - kaski

केशवप्रसाद अधिकारी पोखराका
सफल पर्यटन एवं यातायात व्यवसायी हुन् । उनी जगदम्बा ट्राभल्सका अध्यक्ष, पृथ्वीराजमार्ग बस सञ्चालक
समितिका संरक्षक लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । जगदम्बा ट्राभल्सले केही समय पहिलेदेखि
काठमाडौंदेखि पोखरासम्म मिनी बारसहितको बस सञ्चालनमा ल्याएको छ ।
शान्ति र विकासप्रति समर्पित भई
राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको
नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए । विभिन्न क्षेत्रमा योगदान पु¥याउने विशिष्ट
व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सम्मानले समाज सेवाको क्षेत्रमा थप सक्रिय बन्नका लागि
प्रेरणा मिलेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली